सिप्रदी अटोपार्ट्सको च्याम्पियन मिट, २०० तोला सुन देखि एसिया यूरोप भ्रमण सम्म उपहार

बिजमाण्डू
२०७४ माघ १४ गते १७:४० | Jan 28, 2018

काठमाडौं। यहि माघ १२ गते सिप्रदी अटोपार्टसले पोखरामा च्याम्पियन मिट सम्पन्न गरेको छ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा आफनो् च्याम्पियनहरुको हितलाई मध्यनजर गर्दै, रिटेल च्यामपियन कार्यक्रमको बिधीवत शुभारम्भ गरिएको हो।

कार्यक्रमको उदघाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु  श्रेष्ठ र टाटा मोटर्सका तर्फबाट कस्टमर केयर प्रमुख गणेश सेट्टीले गरेका थिए।
सातौ च्याम्पियन मिटलाई सम्बोधन गर्दै श्रेष्ठले भने, सिप्रदी  पनि आफनो  च्यानल पाट्नर्ससँग  दिर्घकालीन रुपमै सहकार्य  गर्न सक्ने, पार्टनरिङ्गमा बिश्वास राख्ने र म्युचुअल बेनिफिटको लागीनै काम गर्नुपर्छ भन्ने मान्यता राख्ने कम्पनी भएकोले निर्धक्कसँग काम गर्न सुझाव दिए।

उक्त कार्यक्रममा विगत बर्षमा विभिन्न  विधामा उत्कृष्ट काम गर्ने रिटेलर्सहरुलाई १५ विभिन्न विधामा सम्मान गरिएको थियो। जसमा नेपाल च्याम्पियनका रिटेल विधामा श्री माँ चण्डेश्वरी अटो स्पेयर प्रथम भएको थियो। सबैखाले विधामा बुटवल स्थित गण्डकी अटो ट्रेडिङ्ग प्रा.ली विजेता भएको थियो।

त्यसैगरी छोटा तथा मझौला विधामा श्री जल्पादेवी अटो सेन्टर प्रथम भयो। हाइएस्टलाईन आइटममा दयाल मोटर पाट्स एण्ड  सप्लाइजले हासील गर्‍यो। क्षेत्रगत  रुपमा माँ चण्डेश्वरी अटो स्पेयर, त्रिशुल अटामोबाईलस् ट्रेर्डस,  गोयल ट्रेडस्, यातायात ब्यवस्था सहकारी संस्था लिमिटेड,  दुर्गा मोटर पार्टस्, ग्यालेक्सी अटो प्रा. ली, मोटर पार्टस् एण्ड सप्लाइज, माबोहरा ट्रेडले प्राप्त गरेका थिए।

आधिकारीक सर्भिस सेन्टरको बिधामा भने काठमाडौको जल्पा देबि अटो सेन्टर,  बुटवलमा गण्डकी अटो ट्रेडिङ्ग प्रा.ली र नारायणघाटमा दुर्गा एण्ड सन्स अटोमोबाइलले प्राप्त गरेका थिए ।
 
उक्त कार्यक्रममा सिप्रदी अटो पार्टसले नेपालभरका ६० जना च्याम्पियनहरुलाइ स्किम अन्तर्गत दुइजनालाई युरोप भ्रमण,  ४ वटा स्कुटर, २०० तोला सुन, ४ वटा ल्यापटप, ५ जनालाइ  थाईल्यान्ड भ्रमणको प्याकेज दिएको थियो।