स्टक फेरी झर्यो, बंगलादेश बैंकको सेयरधनीलाई ठूलो धक्का, गडबढीमा नेप्सेको फेरी स्पष्टिकरण



बिजमाण्डू
२०७० जेठ ६ गते ००:०० | May 20, 2013
स्टक फेरी झर्यो, बंगलादेश बैंकको सेयरधनीलाई ठूलो धक्का, गडबढीमा नेप्सेको फेरी स्पष्टिकरण

काठमाडौं । विकास बैंक समूहको सूचक ३.८४ अंक र फाइनान्सको सूचक ०.७१ अंकले बढेपछि त्यसको प्रभाव नेप्सेमा पर्यो । बैंक, होटल, जलविद्युत र इन्सुरेन्स समुहको सूचक तल झरेपनि नेप्से ०.३५ अंकले तल झर्यो । एशियन लाइफ इन्सुरेन्सको सेयर ११ रुपैयाँ घटेर २११ मा, नागरिक लगानी कोषको ३६ रुपैयाँ बढेर १३६६ मा, नविल बैंकको १९ रुपैयाँ बढेर १७४५ मा कारोवार भयो । नविल बैंक प्रवद्र्धक सेयर र नेपाल बंगलादेश बैंकको सेयर २२ रुपैयाँका दरले घटेर १०९८ र २९६ मा कारोवार भयो । नेपाल लाइफ इन्सुरेन्सको सोमवार पनि १३ रुपैयाँ बढेर १३२८ मा सेयर कारोवार भयो भने नेशनल लाइफ इन्सुरेन्सको १३ रुपैयाँ नै घटेर ५३१ मा कारोवार भयो ।
स्ट्याण्डर्ड चार्टड बैंकको सेयर ३० रुपैयाँ बढेरमा १८१५ मा कारोवार भयो, सोल्टी होटलको सेयर १० रुपैयाँ घटेर २५५ मा कारोवार भयो भने सगरमाथा इन्सुरेन्सको २२ रुपैयाँ बढेर १०९० मा पुग्यो । शिखर इन्सुरेन्सको भने १७ रुपैयाँ घटेर ४७० मा, स्वाबलम्वन विकास बैंकको १२ रुपैयाँ बढेर ३४१ मा कारोवार भयो ।
नेप्सेको स्पष्टिकरण
आइतवार सूचकमा देखिएको गडबढीमा नेप्सेले सोमवार थप स्पष्टिकरण दिएको छ, आइतवार कम्पनीले बिहिवार नेप्सेको प्राविधिक समस्याले सूचक बढी देखिएको र त्यसलाई ‘करेक्सन’ गरेको जानकारी दिइएको थियो । सोमवार त्यसविपरित कम्पनीले ‘शुक्रवार अड लट’ शेयरका कारणले सूचकमा फरक परेको स्पष्टिकरण दिएको छ । एक्सचेञ्जमा जेठ ३ गते  शुक्रवार १३ कारोवार भएको र त्यसमध्ये दुई वटा कारोवारको अन्तिम मूल्य आइतवार ओपनिङ प्राइसमा गएर बस्नाले सूचकमा फरक परेको जानकारी दिएको छ । नेप्सेले त्यसलाई म्यानुअल्ली सच्याइएको र सच्याउनुअघि सरोकारवालालाई जानकारी दिएको स्पष्टिकरण दिएको छ ।
नौ कित्ता वा त्योभन्दा कम सेयरको कारोवार अड लटमा हुने र त्यसलाई कारोवारको मूल्य बजार परिसूचक गणना गर्दा समावेश नगर्ने अन्तराष्ट्रिय अभ्यास रहेको जानकारी समेत दिएको छ । शुक्रवारका १३ कारोवारमध्ये दुई वटा कम्पनीको सेयर मूल्य आइतवार सूरु मूल्य लगायतका सूचकांकमा समावेश भएको थियो ।

Tata
GBIME
Nepal Life