गुल्मीबाट डेढ वर्ष अघि सुरु भएको पैंचो पसलको छलाङ, सामाखुशीमा पैंचोको आफ्नै बिक्री कक्ष

बिजमाण्डू
२०७४ माघ ९ गते १०:०५ | Jan 23, 2018
गुल्मीबाट डेढ वर्ष अघि सुरु भएको पैंचो पसलको छलाङ, सामाखुशीमा पैंचोको आफ्नै बिक्री कक्ष


काठमाडौं। राजधानीको सामाखुशी चोकमा पैंचो पसलको बिक्री कक्ष सुरु भएको छ।पैंचो पसलले आफ्ना उत्पादन राजधानीको बजारमा भित्र्याएको एक वर्षपछि आफ्नै आधिकारिक बिक्री कक्ष संचालनमा ल्याएको हो ।

Tata
GBIME
Nepal Life

बिक्री कक्षको पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले  शुभारम्भ गरे। पोखरेलले अर्गानिक उत्पादन उपभोक्तामाझ पुर्याउन आग्रह गरे।पहाडी र उच्चपहाडी भूभागका कच्चा पदार्थ प्रयोग गर्दै पैंचोले अचार, जाम, टोमेटो केचप, सस, मकैको आटो, कोदोको पिठो, फापरको पिठो, सिन्की, मस्यौरा, दाल लगायतका खाद्य वस्तु उत्पादन गरिरहेको छ ।

ओजस आयुर्वेद अस्पतालको सहकार्यमा सुरु भएको बिक्री कक्षमा पैंचोका सबै उत्पादनहरु पाइने कम्पनीले जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक नारायण आचार्यले पहाडी उच्चपहाडी क्षेत्रका उत्पादनहरु स्वथ्यकर हुने भएकाले पैंचोलाई एउटा मिसनको रुपमा अघि बढाउन चाहेको बताए।डेढ वर्षदेखि गुल्मीको रिडीमा अत्याधुनिक प्रशोधन केन्द्र खोलेर सुरु गरिएका उत्पादनहरु लिएरु पैंचो पसल एक वर्ष अघिदेखि राजधानीको बजारमा प्रवेश गरेको थियो । अहिले हेटौंडादेखि सुदुर पश्चिमसम्म आफ्ना उत्पादनहरु पुर्याइसकेको पैंचोका मुख्य बजार व्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिए।

गुल्मी र पाल्पाका किसानले उत्पादन गरेका सबै खाद्य बस्तुहरु खरिद गर्दै आएको पैंचोले अहिले कालिकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, प्यूठान, बागलुङ, पर्वत, स्याङजाका किसानका उत्पादनहरु खरिद सुरु गरेको थियो । पैंचोले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको इन्ट्रिग्रेटेड पेस्ट मेनेजमेन्ट (आईपीएम) प्रणालीका उत्पादन र पूर्ण अर्गानिक उत्पादनलाई मात्र प्राथमिकता दिने गरेको छ ।