यूट्युबमा भिडियो अपलोड गर्नुअघि होस गर्नुस्, जथाभावी भिडियो हाले कमाइ होइन कारवाही

बिजमाण्डू
२०७४ माघ ७ गते १०:५७ | Jan 21, 2018
यूट्युबमा भिडियो अपलोड गर्नुअघि होस गर्नुस्, जथाभावी भिडियो हाले कमाइ होइन कारवाही


यूट्यूबले आफ्नो मोनेटाइजिङ पोलिसी परिवर्तन गरेको छ। अब यूट्युबले यूजर्सलाई सजिलै पैसा दिनेछैन। अबदेखि यूट्युबमा भिडियो अपलोड गरेपनि पैसा उसैलेमात्र पाउनेछ जसको कम्तीमा पनि १ हजार सब्सक्राइबर हुनेछ।

Tata
GBIME
Nepal Life

यस्तै ४ हजार घण्टाभन्दा कम 'वाचटाइम' हुनेले पनि पैसा पाउनेछैन। यूटुयूबले अबदेखि च्यानलहरुले गाइडलाइन फलो गरे नगरेको पुष्टि भएपछि मात्र पैसा दिने नीति लिएको जनाएको छ।

केही महिनादेखि यूट्युबमा बिभिन्न किसिमका बिवाद देखिएको थियो। साइटमा भएका बिबादित कन्टेन्टका साथै घोटालाका समाचारले पनि यूट्युब बिबादित बनेको थियो।

गत वर्ष धेरै यूट्युब यूजर्सले साइटका कन्टेन्टका बिषयमा चिन्तित हुँदै प्रतिक्रिया दिएका थिए। यूटुयूबमा बच्चामाथि नकारात्मक असर पर्ने किसिमका भिडियोहरु अपलोड भैरहेको यूजर्सको गुनासो थियो। आफ्नो छवि सुधार्नकालागि यूट्युबले आफ्नो नीतिमा परिवर्तन गरेको जनाएको छ।

हालै लोगन पल नामका ब्यक्तिले साइटमा सुसाइट गरेका ब्यक्तिको बारेमा बनाएको ‘डिस्टर्बिङ’ भिडियो अपलोड गरेका थिए। यूट्युबले त्यस कन्टेन्टलाई तुरुन्तै हटाएर पललाई कारवाही समेत गर्यो। यूट्युबले पललाई आफ्नो एड प्रोग्रामबाट हटाएको जनाएको छ। यस्तै पलसँगको आफ्नो सबै प्रोजेक्टहरु होल्ड गरिदिएको छ।