तीन बैंकमध्ये एकको नाफा घट्यो, ब्याज खर्च बढ्यो, सिटिजन्स, सानिमा र सिद्धार्थको यस्तो छ अवस्था

बिजमाण्डू
२०७४ माघ ७ गते १०:४० | Jan 21, 2018
तीन बैंकमध्ये एकको नाफा घट्यो, ब्याज खर्च बढ्यो, सिटिजन्स, सानिमा र सिद्धार्थको यस्तो छ अवस्था
काठमाडौं। तरलता अभावसँगै भएको ब्याज दर बृद्धिले बैंकहरुको नाफा कस्तो होला भन्ने अनुमान चलिरहेका बेला तीन बैंकमध्ये एकको मात्र नाफा घटेको छ।
 
चालु आर्थिक बर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका सानिमा, सिद्धार्थ र सिटिजन्स बैंकमध्ये दुईले नाफा बढाएका छन्।


 
सानिमा बैंकले ३२ प्रतिशतले नाफा बढाएको छ। बैंकले ८२ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ। गत बर्षको पुसमा बैंकको नाफा ६२ करोड २४ लाख रुपैयाँ थियो। 
 
बैंकले खुद ब्याज आम्दानी एक अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष आम्दानी एक अर्ब ९ करोड रुपैयाँ थियो। बैंकले ६८ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ५२ करोड रुपैयाँ ऋण लगानी गरेको छ। 
 
बैंकको व्याज खर्च भने चुलिएको छ। बैंकको ब्याज खर्च दुर्इ अर्ब ३४ करोड रुपैयाँ छ। गत वर्ष खर्च एक अर्ब ४ करोड रुपैयाँ मात्र थियो। 
 
बैंकको पूँजी कोष अनुपात १३.१० प्रतिशत छ। खराव कर्जा ०.०३ प्रतिशत छ भने प्रति शेयर आम्दानी २० रुपैयाँ छ। गत बर्ष यस्तो आम्दानी २३ रुपैयाँ थियो। 
 
सिद्धार्थ बैंक 
सिद्धार्थ बैंकको नाफा ६ प्रतिशतले बढेको छ। बैंकले ७७ करोड २८ लाख रुपैयाँ नाफा गरेको हो। गत बर्ष नाफा ७२ करोड ६० लाख रुपैयाँ थियो। 
 
बैंकको व्याज आम्दानी एक अर्ब ३९ करोड रुपैयाँ छ। गत वर्ष एक अर्ब ३० करोड रुपैयाँ थियो। 
 
बैंकले ८५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष ७४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी थियो। 
 
बैंकको पूँजी कोष अनुपात १२.४२ प्रतिशत छ। खराब कर्जा १.५० प्रतिशत छ भने प्रति शेयर आम्दानी २२ रुपैयाँ छ।
 
सिटिजन बैंक
सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३० लाख ६८ हजार रुपैयाँले घटेर ६२ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। गत बर्ष नाफा ६३ करोड १६ लाख रुपैयाँ थियो।
 
बैंकले ९७ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत वर्षको ८५ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो। बैंकको व्याज खर्च पनि बढेको हुँदा नाफामा प्रभाव परेको हो। गत वर्ष एक अर्ब १८ करोड रुपैयाँ रहेको ब्याज खर्च यस वर्ष दुर्इ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
 
बैंकले ५८ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष ५२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकल गरि ४६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
 
बैंकको पूँजी कोष अनुपात १३.४२ प्रतिशत छ। खराब कर्जा १.९४ प्रतिशत छ। बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ छ। 

Tata
GBIME
Nepal Life