युवा उद्यमी मनिषकुमार अग्रवालको निधन, ‘व्यवसायिक क्षेत्रले अध्ययनशील युवा उद्यमी गुमायो’

बिजमाण्डू
२०७४ माघ ७ गते १०:०५ | Jan 21, 2018

काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य मनिषकुमार अग्रवालको ४५ वर्षको उमेरमा निधन भएको छ।उनी निर्यात प्रवर्द्धन समितिका सभापति थिए।

उनको शनिबार राती दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको हो।युवा उद्यमी अग्रवाललार्इ ब्लड क्यान्सर भएको थियो।केही महिना अघि मात्रै ब्लड क्यान्सर देखिएको थियो।उनी घिउ तेल उत्पादक संघका समेत आवद्ध थिए।अग्रवाल महासंघको रोजगारदाता परिषदको सभापति भएर समेत काम गरिसकेका अनुभवी उद्यमीको रुपमा चिनिन्थे।महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले व्यवसायिक क्षेत्रले अध्ययनशील युवा उद्यमी गुमाउनुपरेको बताए।

Tata
GBIME
Nepal Life

‘अत्यन्तै मृदृभाषी र अध्ययनशील उद्यमीको अल्पायुमै निधनले सम्पूर्ण निजी क्षेत्र मर्माहित बनेको छ’उनले बिजमाण्डूसँग भने,उनको विज्ञताको व्यवसायिक क्षेत्रमा अभाव रहनेछ।‘ उनको नवलपरासीमा चिनी उद्योग र वीरगञ्जमा प्लास्टिकको बोरा बनाउने उद्योग छ।