बुटवल पावरको एफपिओ १५ गतेबाट, प्रति कित्ता ५०१ रुपैयाँ, न्यूनतम १० कित्तामा आवेदन

बिजमाण्डू
२०७४ माघ ७ गते १०:०३ | Jan 21, 2018
बुटवल पावरको एफपिओ १५ गतेबाट, प्रति कित्ता ५०१ रुपैयाँ, न्यूनतम १० कित्तामा आवेदन
काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेडले माघ १५ गतेबाट अतिरिक्त साधारण शेयर (एफपिओ) जारि गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका शेयरमा ४०१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ५०१ रुपैयाँका दरले एफपिओ जारि गर्न लागेको हो।
 
कम्पनीको शेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर जारि गर्ने छ। कम्तिमा १० कित्ता र अधिकतम २० हजार ४०० कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
 
अहिले कम्पनीको शेयर पूँजी एक अर्ब ८१ करोड रुपैयाँ छ। प्रिमियमसहित बैंकले दुई अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबर उठाउने छ। यसमध्ये ४० करोड ८१ लाख रुपैयाँ पूँजीमा जाने छ भने बाँकी एक अर्ब ६३ करोड ६४ लाख ८१ हजार रुपैयाँ जगेडा कोषमा बस्ने छ। 
 
कम्पनीका अध्यक्ष साङ्ग्रिला इनर्जीका तर्फबाट पद्म ज्योति छन्। सञ्चालकहरुमा प्रदीपकुमार श्रेष्ठ, राजिब राजभण्डारी, विजयकृष्ण श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, चिरञ्जिबी चटौत, चण्डीप्रसाद श्रेष्ठ, दिवाकर वैद्य, विजयवहादुर श्रेष्ठ र सञ्जिब राजभण्डारी छन्।
 
कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड र सह बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छन्। 
 

Tata
GBIME
Nepal Life