तीन दिनमा बजार २४ अंक तल झर्यो, कारोबार रकममा पनि निरन्तर गिरावट, सानिमामाइ अगाडि

बिजमाण्डू
२०७४ माघ ५ गते १४:४५ | Jan 19, 2018
काठमाडौँ। साताभरमा तीन दिन मात्र कारोबार भएको शेयर बजारले लगानीकर्तालाई आशाबादी बनाउन सकेन। कारोबारमा आएका सबै सुचक ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ। 
 
कारोबारमा आएका १० वटै उप सूचक घटेका छन्। बाणिज्य बैंक १९.४७, विकास बैंक २३.१८, वित्त कम्पनी ६.६८, जलबिद्युत ११५.२५, लघुवित्त १३.६९, होटल १३.०८, बीमा ८९.४, उत्पादन मुलक ५.५७, व्यापार २.८७ र अन्य १९.९ अंकले घटेका छन्। 
 
समग्र कारोबार मापन गर्ने नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४.५८ अंकले घटेर १४०६.५२ अंकमा झरेको छ। कारोबार रकम गत साताको तुलनामा ३५.९८ प्रतिशतले घटेको छ। गत साता एक अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। यस साता एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ। 
 
यस साता कारोबार रकम १९ करोड आठ लाख रुपैयाँको आधारमा सानिमामाई हाइड्रोपावर लिमिटेड अग्र स्थानमा रहेको छ। 
 

Tata
GBIME
Nepal Life