दुई सरकारी बैंकको एकिकृत कारोबार चैत १ बाट, एक कित्ता शेयरको मूल्य ४४८४ रुपैयाँ तय

बिजमाण्डू
२०७४ माघ ५ गते ११:५५ | Jan 19, 2018
काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकसँग एनआइडिसी डेभलपमेन्ट बैंक गाभिएर चैत १ बाट एकिकृत कारोबार गर्ने भएका छन्। दुबै बैंकले २० गते साधारणसभा गरेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने निर्णय गरेका छन्।
 
राष्ट्र बैंकबाट स्वीकृति पएलगत्तै एकिकृत कारोबार गर्ने योजना छ। 'मोटामोटी समय चैत १ नै हुन्छ' राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले भने, 'मर्जरपछि बैंकको नाम राष्ट्रिय बाणिज्य बैंक नै रहने छ।'
 
२०७३ माघबाट सुरु भएको मर्जर प्रकृयाले  अब अन्तिम रुप लिन लागेको हो। अर्थमन्त्रालयले मन्त्रिपरिषद् वैठकबाट मर्जर गर्ने औपचारिक निर्णय गरेपछि दुबै संस्थाबीच औपचारिक सम्झौता भएको थियो। दुबै संस्था मर्जरका लागि राष्ट्र बैंक पुगेर सैद्धान्तिक स्वीकृति लिएसँगै स्वाप रेसियो टुङ्गिएको हो। 
 
एनआइडिसीमा एक प्रतिशतभन्दा कम सेयर सर्वसाधारणमा छ। राष्ट्रिय वाणिज्य बैकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड नाघिसकेको छ। एआइडिसीको भने ४१ करोड ५८ लाख रुपैयाँ छ। तर जगेडा कोषमा भने तीन अर्ब रुपैयाँभन्दा वढि छ। एनआइडिसीमा सर्वसाधारणको ३० हजार ९१० कित्ता शेयर छ। सरकारको स्वामित्व ९९.२६ प्रतिशत छ।
 
मर्जर हुँदा शेयर लिन नचाहने सर्वसाधारणले एक कित्ता बराबर ४४८४ रुपैयाँ ३० पैसा पाउने छन्। यो रकम संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकनका आधारमा तय गरिएको हो। 
 

Tata
GBIME
Nepal Life