२० करोड लगानीमा क्याल समूहको जस्तापाता उद्योग संचालनमा, अत्याधुनिक र स्वचालित उद्योग

बिजमाण्डू
२०७४ माघ ५ गते १०:५२ | Jan 19, 2018
२० करोड लगानीमा क्याल समूहको जस्तापाता उद्योग संचालनमा, अत्याधुनिक र स्वचालित उद्योग

वीरगंज।वीरगंजको औद्योगिक घाराना क्याल समुहले अत्याधुनिक जस्तापाता उत्पादन गर्ने उद्योगकै संचालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

विगत दुई दशक देखि वीरगंजबाट निर्माण सामग्री उत्पादन गर्दै आएको क्याल समुहले करिब २० करोड भन्दा बढिको लागतमा यो उद्योग सञ्चालनमा ल्याएको हो ।

समूहका कार्यकारी निर्देशक राजेश क्यालका अनुसार उद्योगले रङ्गिन र सादा जस्तापाता उत्पादन गरिरहेको छ।वार्षिक करिब एक लाख भन्दा बढि मेट्रिक टन जस्तापाता उत्पादन गर्ने उद्योगको क्षमता छ ।अत्याधुनिक र स्वचालित प्रविधिको यो उद्योग नेपालकै ठूला जस्तापाता उद्योग रहेको क्याल समूहका अध्यक्ष सत्यनारायण क्यालले दाबी गरे।

‘यो क्याल समुहकै एउटा ठुलो प्रोजेक्ट हो,त्यसरी नै यसलाई अघि बढाइएको थियो,’उनले भने,‘उद्योग सञ्चालनमा आएपछि स्वदेशी जस्तापातको मागलाई केही हद सम्म थाम्न कोशिस गर्छौै ।’नारायणी स्ट्रिप्सले यस अघि फलामको पाइप र एसएस पाइप पनि उत्पादन गर्दै आएको छ । यो समूहको नारायणी रोलिग मिल्स,श्रीकृष्ण स्टील, स्टार सिमेण्ट, इट्टा उत्पादन गर्ने एइसी ब्लकलगायतको उद्योगहरु सञ्चालनमा छन्।