नेक्सन गाडीको बजार प्रवर्द्धनमा ‘इन्नोभेसन’, फेसबुकमा फोटो राख्नेले सुन पाउने

बिजमाण्डू
२०७४ माघ ४ गते १६:४१ | Jan 18, 2018
नेक्सन गाडीको बजार प्रवर्द्धनमा ‘इन्नोभेसन’, फेसबुकमा फोटो राख्नेले सुन पाउने

काठमाडौं।टाटा मोटर्सले नेक्सन गाडीको बजार प्रवर्द्धनका लागि विशेष योजना ल्याएको छ।टाटा गाडीको नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले फेसबुकमार्फत पाँच जना भाग्यशालीलार्इ १/१ तोला सुन दिने योजना ल्याएको हो।

यो अभियानमा सहभागी हुन फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्सको  फेसबुक पेज लाईक गर्नुपर्नेछ ।कम्पनीले यो वाहेक फेसबुक प्रयोगकर्ताहरुले मोबाइल फोन जित्नसक्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमा टाटा नेक्सन फ्रेम राखेर अफडेट गर्नुपर्नेछ र सो अफडेट गरिएको प्रोफाइल पिक्चरमा वा अफडेट गरिएको प्रोफाइल पिक्चरको स्क्रिनसटमा #TATANexon  गरेर कमेन्ट गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अभियानमा सहभागी भएका तीन जनाले मोबाइल पाउनेछन्।यो योजना फेब्रुअरी महिनाभरी लागु हुनेछ।