तीन जलविद्युत आयोजनालाई लक्षित गर्दै सिडिएससीले गर्यो सिआस्वा सफ्टवेरमा परिमार्जन

बिजमाण्डू
२०७४ माघ ४ गते १४:०७ | Jan 18, 2018
काठमाडौँ। साञ्जेन जलविद्युत कम्पनी, रसुवागढी र  मध्य भोटेकोशी आयोजनालाई लक्षित गर्दै केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले सीआस्बा सफ्टवेरलाई परिमार्जन गरेको छ। 
 
नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर आवेदनमा आस्वा अनिवार्य गरेपछि आयोजनाका शेयर पाउनु पर्नेहरुका लागि आवेदन दिन सहजिकरण गर्न सफ्टवेर परिमार्जन गरिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
 
साञ्जेन जलविद्युत कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, आफ्ना कर्मचारी, नेपाल विद्युत प्राधिकारणका कर्मचारी र जिल्लास्थित स्थानीय निकायका कर्मचारी लगायतका लागि प्राथमिक शेयर निष्कासन गर्दैछ।
 
यो शेयर निष्कासनलाई सहज बनाउन सिडिएससीले सफ्टवेयर परिमार्जन गरेको जनाएको छ। परिमार्जनपछि तीन वटै आयोजनाको प्राथमिक शेयर निष्कासन गर्न सहज हुने उनले जानकारी दिए। 
 
सफ्टवेयर परिवर्तन भएसँगै सीआस्वा सेवा उपलब्ध भएका कुनै पनि बैंक वित्तीय संस्थाबाट पहिलो चरणमा साञ्जेन जलविद्युत कम्पनीको शेयर आरक्षण गरिएकाहरुले आवेदन दिन सक्छन्। 
 
हाल सिडीएससीबाट २५ बैंक वित्तीय संस्थाले सीआस्वा सेवा उपलब्ध गराएका छन्। सीआस्वा सेवा नलिएका अन्य बैंक वित्तीय संस्थालाई पनि सेवा लिन अनुरोध गरिने उनले बताए।

Tata
GBIME
Nepal Life