‘कृषि विकास बैंक अब पूर्ण रुपमा बाणिज्य बैंक’ आधुनिक बैंकिङ सुविधा दिनका लागि लगानी बृद्धि

बिजमाण्डू
२०७४ माघ ४ गते १०:५८ | Jan 18, 2018
‘कृषि विकास बैंक अब पूर्ण रुपमा बाणिज्य बैंक’ आधुनिक बैंकिङ सुविधा दिनका लागि लगानी बृद्धि
काठमाडौं। ५१औं बार्षिकोत्सव मनाउँदै गर्दा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले पुरानो छविलाई परिवर्तन गर्दै पूर्ण रुपमा बाणिज्य बैंक बनेको घोषणा गरेका छन्। उनले हिजोका दिनमा कृषि केन्द्रित भएर लगानी गरिरहेको बैंकले सेवा सुविधालाई विस्तार गर्दै अन्य प्रतिस्पर्धिजस्तै कृषि विकास बैंक पनि पूर्ण रुपमा बाणिज्य बैंक बनेको बताएका हुन्।
 
बैंकले माघ ७ गते बार्षिकोत्सव मनाउनु पूर्व पत्रकार कार्यक्रम आयोजना गर्दै राज्यका प्राथमिकतालाई समेत निरन्तरता दिँदै आधुनिक बैंकिङ तर्फ प्रवेश गरिसकेको जनाएको छ। कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्यले खुलेको बैंक २०६३ मा आएको बैंक तथा वित्तीय संस्था ऐनसँगै बाणिज्य बैंकमा परिवर्तन भएको थियो।
 
त्यसयता बैंकले आफ्ना सेवालाई परिस्कृत गर्दै आधुनिक बैंकिङको चरणमा पुर्याएको सिटौलाले बताए। 'अहिले हामीले बैंकको क्षमता विस्तार गर्न ठूलो लगानी गरिसकेका छौं, जुन निरन्तर चलिरहने छ' उनलेभ ने, 'प्रविधिको क्षेत्रमा समेत छलाङ मारिएको छ। अब हामी चाँडै इन्टरनेट बैंकिङ सुरु गर्दैछौं।'
 
बैंकको खातापाता चुस्त दुरुस्त राख्न प्रविधिमा लगानी बढाइएको बताउँदै कम्प्लायन्सका लागि पनि लगानी बृद्धि गरिएको जानकारी उनले दिए। 'हिजोका दिनमा हामीले लघुवित्त संस्थाले जस्तो काम गरिरहनु परेको थियो' उनले भने, 'आज बाणिज्य तथा कर्पोरेट क्षेत्रमा पनि हामीले सेवा दिन थालेका छौं।'
 
उनले आइटी अडिट गर्ने चरणमा बैंक रहेको बताउँदै आधुनिक बैंकिङका लागि अरु के के गर्न सकिन्छ सबैमा बैंक अगाडि रहने बताए। उनले अन्य बाणिज्य बैंकहरुजस्तै कृषि विकास बैंक पनि आधुनिक बैंकिङमा अग्रपङ्तिमा रहने दावीसमेत गरे। 
 

Tata
GBIME
Nepal Life