बजार भाउ फेरि बढ्न थाल्यो, खाद्यान्नका साथै पेट्रोलियम र निर्माण सामग्रीले भाउ माथि पुर्यायो

बिजमाण्डू
२०७४ माघ ४ गते १०:४३ | Jan 18, 2018
बजार भाउ फेरि बढ्न थाल्यो, खाद्यान्नका साथै पेट्रोलियम र निर्माण सामग्रीले भाउ माथि पुर्यायो


काठमाडौं। पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको भाउ बढेपछि समग्र मूल्य बृद्धि पोहोरको भन्दा उक्लिएको छ। राष्ट्र बैंकले मंसिरसम्मको तथ्यांक सार्बजनिक गर्दै मूल्य बृद्धि ३.८ प्रतिशतबाट ४.२ प्रतिशतमा उक्लिएको हो।
 
राष्ट्र बैंकले खाद्य तथा पेय पदार्थको भाउ बढेर पनि मूल्य बृद्धि उक्लिएको जनाएको छ। खाद्यान्न तर्फको मूल्य बृद्धि २.८ प्रतिशतले बढेको छ। गैरखाद्यतर्फ ५.३ प्रतिशतले मूल्य बृद्धि बढेको छ।
 
हिमाली भागमा साढे पाँच, पहाडमा ४.८ प्रतिशतले मूल्य बृद्धि भएको छ भने तराईमा ४.३ प्रतिशत र काठमाडौं उपत्यकामा ३.४ प्रतिशतले भाउ बढेको छ।
 

Tata
GBIME
Nepal Life