फेरी बढ्यो तेलको मूल्य, पेट्रोल एक रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो




काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल,डिजल र मट्टितेलको मुल्य बढाएको हो।



निगमले पेट्रोलमा एक रुपैयाँ, डिजल र मट्टितेलमा दुर्इ रुपैयाँ मूल्य बढाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरार्इले जानकारी दिए।यो मूल्य बढेपछि पेट्रोल १ सय ३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ७१ रुपैयाँ कायम भएको छ।निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ।

जनवरी १५मा इण्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको मूल्य अनुसार यहाँ मूल्य समायोजन गरिएको हो।प्रत्येक १५ दिनमा पेट्रोल,डिजल र मट्टितेलको मूल्य मात्रै आइओसीले पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ।मूल्य समायोजनपछि निगमलार्इ १९ करोड घाटा छ।
 
 


Share this Story

   

फेरी बढ्यो तेलको मूल्य, पेट्रोल एक रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.