सिटी र सिगे मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौंता, यूरोपमा रहेका नेपालीलार्इ रकम पठाउन सहज

बिजमाण्डू
२०७४ माघ ३ गते १२:१० | Jan 17, 2018

काठमाडौं।लण्डनको सिगे मनि ट्रान्सफर र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु गरेको छ।रेमिटेन्स सेवा सम्वन्धि सम्झौंतामा सिगेका तर्फबाट प्रेसिडेन्ट जोसेफ अलिगर र सिटीका तर्फबाट प्रवन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे।

Tata
GBIME
Nepal Life

सिगेको १ सय ३० भन्दा बढि देशमा सञ्जाल छ भने ९० हजार भन्दा बढी एजेन्ट छन्।यूरोपभरि रहेका नेपालीले सिगेमार्फत रकम पठाउनसक्ने कम्पनीका प्रेसिडेन्ट अगिलरले जानकारी दिए।

उनले सिटी एक्सप्रेससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।सिटीले११ वर्षदेखि विदेशबाट पठाएको रकम पाँच हजार भन्दा बढी एजेन्टमार्फत भूक्तानी दिँदै आएको छ।