बेस्ट फाइनान्सको घर खरीद गर्नका लागि ऋण स्किम, मर्मत गर्न र तल्ला थप्न पनि ऋण दिने

बिजमाण्डू
२०७४ माघ ३ गते १०:३५ | Jan 17, 2018
काठमाडौं। बेस्ट फाइनान्स कम्पनीले घर कर्जाको नयाँ स्किम ल्याएको छ। कम्पनीले २० बर्ष अवधिसम्म प्रयोग गर्न पाइने कर्जा स्किम ल्याएको हो।
 
कम्पनीले घर, अपार्टमेन्ट तथा जग्गा खरीद गर्नका साथै घर मर्मत र तल्ला थप्न पनि ऋण दिने जनाएको छ। कम्पनीले रिफाइनान्सिङ पनि गर्ने छ। 
 
कम्पनीले अन्य हायर पर्चेज, शेयर धितो, ब्यवशाय कर्जा पनि दिने जनाएको छ। कम्पनीले ब्याज दर भने खुलाएको छैन। कम्पनीको चावहिलमा मूख्य कार्यालय र न्यूरोडमा शाखा कार्यालय छ।

Tata
GBIME
Nepal Life