सेलेरिया कारको टेष्ट राइड क्याम्पेनमा ६ सय सहभागी, सहभागी एक जनाले पाए एक लाख क्यासब्याक

बिजमाण्डू
२०७४ माघ २ गते १५:१६ | Jan 16, 2018
सेलेरिया कारको टेष्ट राइड क्याम्पेनमा ६ सय सहभागी, सहभागी एक जनाले पाए एक लाख क्यासब्याक


काठमाडौं।सुजुकी गाडीको नेपालको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेन आयोजना गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले पुसभरिनै यो क्याम्पेन गरेको थियो।उपभोक्तालार्इ गाडी किन्नुअघि अनुभव र सन्तुष्टी प्रदान गर्न यो कार्यक्रम राखेको कम्पनीले जनाएको छ।कम्पनीले थापाथली,पुल्चोक,नयाँबजार,बालकुमारी,महाराजगंज,कंलकी,बौद्ध र नक्सालमा यो कार्यक्रम गरेको थियो।कम्पनीका अनुसार ५ सय ८२ जना ग्राहकले टेष्टराइड गरेका छन्।

कम्पनीका सेल्स,मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजिएम सिरज पन्तका अनुसार ग्राहकको उत्साहपूर्ण सहभागिताले उत्साहित बनाएको छ।यो कार पुस महिनाबाट नेपाली बजारमा बिक्री सुरु भएको थियो।कम्पनीले हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहार दिएको र एक जनालार्इ वम्पर उपहार एक लाख क्यासब्याक समेत दिएको जनाएको छ।