निशानको टेरानो नेपाली बजारमा, ४३ देखि ५४ लाखसम्म पर्ने गाडीको यस्ता छन् विशेषता

बिजमाण्डू
२०७४ माघ १ गते १२:३७ | Jan 15, 2018
निशानको टेरानो नेपाली बजारमा, ४३ देखि ५४ लाखसम्म पर्ने गाडीको यस्ता छन् विशेषता

काठमाडौं। निशानको अधिकृत विक्रेता पायोनियर मोटोकर्पले टेरानो नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले युवालक्षित एसयुभि न्यू टेरानोलाई  आइतबारदेखि बजारमा सार्वजनिक गरेको हो।

न्यू टेरानोमा डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० नेभिगेसन सिस्टम, स्टेरिङ माउण्टेड अडियो/फोन कन्ट्रोल  लगायतका  २२ वटा नयाँ र आकर्षक विशेषता रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार सुरुमा न्यू टेरानो काठमाडौं उपत्यका बाहिरका ८ स्थानबाट बिक्री गरिनेछ।

पायोनियर मोटोकर्पको संचालन गर्दै आएको शारडा ग्रुपका निर्देशक सन्दिप शारडाले भने -'एसयुभि सेगमेन्टको न्यू टेरानोले स्पेस र स्मार्ट बिशेषता सहित सडकमा बोल्ड उपस्थिती जनाउने छ।'

नेपाल लगायत सार्क राष्ट्रका शहर र विकट स्थानलाई लक्षित गरी टेरानो ल्याइएको कम्पनीले जनाएको छ। ६ वटा गियर भएको  अत्याधुनिक अटो ड्राइभ युक्त न्यू टेरानोको गियर सिस्टम कम्प्युटरले नियन्त्रण गर्न सक्ने बताइएको छ।

न्यू टेरानोमा २ सय ५ मि.मि को ग्राउण्ड क्लियरेन्स, ५.२ मिटरको टर्निङ रेडियस  र  १९. ६४ कि.मी प्रति लिटर माइलेज लगायतका क्षमता हुने कम्पनीले जनाएको छ ।

पायोनियर मोटो कर्पले २ वर्ष अथवा २० हजार किलोमीटरसम्मको वारेन्टी उपलब्ध गराएको छ। उत्पादक कम्पनी निशान मोटर्सले भने १ वर्ष अथवा २० हजार किलोमीटरको वारेन्टी दिएको छ।

हाल पायोनियर मोटो कर्पको ललितपुर खुमलटार स्थित अत्याधुनिक सुविधायुक्त सर्भिस सेन्टर र उपत्यका बाहिर १२ स्थानमा सर्भिस सेन्टर छन्।
न्यू टेरानो एक्सएल पि को नेपाली बजार मूल्य ४२ लाख ९९  हजार रुपैयाँ रहेको छ भने  टेरानो एक्स भि डी प्रि ११० पीएसको नेपाली बजार मूल्य ५३ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनी जनाएको छ।