भर्चुअल मार्केटमा क्रिप्टोकरेन्सीको बढ्दो क्रेज, यस्ता छन् बिटक्वाइनलाई टक्कर दिने मुद्राहरु

बिजमाण्डू
२०७४ पुष ३० गते १७:५० | Jan 14, 2018

पछिल्लो समयमा भर्चुअल करेन्सी बिटक्वाइनले संसारभर चर्चा पायो। अचानक भर्चुअल मार्केटमा यसको भाउमा देखिएको बृद्धिले बिटक्वाइनको कारोबारतर्फ विश्वको ध्यान केन्द्रित भयो।

Tata
GBIME
Nepal Life


 
बिटक्वाइन जस्तै अन्य केही क्रिप्टोकरेन्सीहरुपनि छन् जसमा मानिसको ध्यान त्यति पुगिसकेको छैन। तर यी भर्चुअल मुद्राहरुले पनि क्रिप्टोकरेन्सीको रुपमा बजारमा तिब्र गति लिइरहेका छन्।
 
इथेरियम
बिटक्वाइनको सबैभन्दा नजिकको प्रतिश्पर्धी हो इथेरियम। सन् २०१४ मा आएको इथेरियम बिटक्वाइनपछि दोस्रो मूल्यवान क्रिप्टोकरेन्सी हो।
बिटक्वाइनजस्तै यो पनि एक किसिमको ब्ल्याक चेन नेटवर्क नै हो।

बिटक्वाइन र इथेरियमबीचको मुख्य भिन्नता भनेको यसको क्षमता तथा उद्देश्यमात्रै हो। बिटक्वाइन ब्ल्याक चेनको प्रयोगको उद्देश्य यो को कोसँग छ भन्ने जान्नकालागि हुन्छ भने इथेरियम ब्ल्याक चेनबाट डिसेन्ट्रलाइज्ड एप्लिकेसनहरु बनाउने गरिन्छ।

रिपल
धेरै इन्डस्ट्री एक्सपर्टहरुका अनुसार रिपल बिटक्वाइनको नै उत्तराधिकारी हो। सन् २०१२ मा बिटक्वाइनकै पूर्व डेभलपरहरुले नै रिपल लञ्च गरेका थिए।

यो एक स्टार्टअप हो जसको वेबसाइटका अनुसार रिपल एक ब्ल्याक चेन टेक्नोलोजी हो जुन बैंकहरु पेमेन्ट प्रोभाइडरहरु डिजिटल एसेट एक्सचेन्जहरु तथा कम्पनीहरुको संजाललाई जोड्छ। यो स्टार्टअप रिपल बाट पेमेन्ट नेटवर्क पनि अपरेट गरेको छ। रिपलले ‘एक्सआरपी’ नामको क्रिप्टोकरेन्सी पनि जारी गरेको छ।

लाइटक्वाइन

सन् २०१२ देखि गत डिसेम्बरसम्म आइपुग्दा लाइटक्वाइनको भाउमा ५७०० प्रतिशतले बृद्धि भैसकेको छ। जसकी त्यसै अवधिसम्म बिटक्वाइनको बृद्धि १५५० प्रतिशतले भएको थियो।

यो पियर टु पियर क्रिप्टोकरेन्सी हो जसलाइ गुगलका पूर्व कर्मचारी तथा क्वाइनबेसको इन्जिनियरिङमा डाइरेक्टर रहिसकेका चार्ली लीले बनाएका हुन्। टेक्निकल इम्लिमेन्टेसनको दृष्टिकोणबाट हेर्दा लाइटक्वाइन बिटक्वाइनसँग मिल्दोजुल्दो देखिन्छ।
 
जेडक्यास

जेडक्यास पहिलो परमिशनलेस क्रिप्टोकरेन्सी हो जसको कारोबारलाई पूर्णतया सुरक्षित र गोप्य राखिन्छ। बिटक्वाइन जस्तै जे क्यास पनि ब्ल्याक चेनमा आधारित करेन्सी हो। २०१६ को अक्टोबरमा लञ्च भएको यो डिजिटल करेन्सीको मोनिटरी बेस पनि बिटक्वाइनकै बराबर रहेको बताइन्छ।

ड्यास
ड्यास बिटक्वाइनको कडा प्रतिश्पर्धीका रुपमा देखापरेको छ। यो ओपन सोर्स पियर टु पियर क्रिप्टोकरेन्सी हो। ड्यासको प्रयोग अनलाइन वा इनस्टोर प्राइभेट पेमेन्टका लागि हुने गरेको छ। यसकालागि हजारौ यूजर्स सिक्योर ओपन सोर्स प्ल्याटफर्मको प्रयोग गर्छन्।

मोनेरो
मोनेरोलाई पनि एक सुरक्षित निजी तथा अज्ञात क्रिप्टोकरेन्सी हो। यसको लञ्चिङ सन् २०१४ को अप्रिलमा भएको हो। मोनरोको डिभलपर्स नेटवर्कको ट्रान्ज्याक्सन फि ८० प्रतिशतभन्दा कम गर्न प्रयास गरिरहेको बताइन्छ।


 
आइओटिए
भर्चुअल मार्केटमा बिटक्वाइनको डिभलप गरेपछि आईओटिएले थर्ड जेनरेसनको ब्ल्याक चेनको प्रतिनिधित्व गर्ने बताइएको छ। यसको कारोबारले पनि निकै तिब्रता लिइरहेको बताइएको छ।