मिसन ८ अर्ब: २१ बैंक हकप्रद शेयरबाट पूँजी बृद्धिमा, मर्जरमा जाने निक्कै थोरै




काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा मर्जर र एक्विजिसनबाट चुक्ता पूँजी बृद्धि गर्ने बुँदा प्राथमिकताका साथ उल्लेख गरेको थियो। पूँजी बृद्धिको दवावमा रहेका संस्थाहरुले धमाधम पार्टनरहरु खोज्न थाले।
 


यही बीचमा राष्ट्र बैंकले 'अहिलेसम्म कमाउनु भयो अब कमाएजति पैसा बैंकको पूँजीमा हाल्नुस्' भनेपछि बैंकहरुले मर्जरको योजना रद्द गरेर हकप्रदमार्फत चुक्ता पूँजी बृद्धि गर्ने रणनीतिअनुसार काम थाले।
 
राष्ट्र बैंकले हकप्रदलाई सहजीकरण गरिदिएपछि २१ वटा बैंकले त्यसको फाइदा उठाएका छन्। पूँजी बृद्धि योजनापछि ५ वटा बाणिज्य बैंकले आफ्ना शेयर धनीलार्इ हकप्रद शेयरबाट थप भार नपारी पूँजी जुटाएका छन्।
 
दुर्इ वटा बैंक अझै एफपिओ तथा बोनस शेयरबाट पूँजी जुटाउने प्रयासमा छन्। २१ वटाले भने हकप्रदसँगै मर्जरबाट चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउने नीति अपनाएका छन्।
 
नविल बैंक
नविल बैंकले शेयरधनीसँग हकप्रदमार्फत पैसा नउठाइ ८ अर्ब रुपैयाँ पूँजी जुटाएको हो। अन्य बैंकले हकप्रद मर्जर तथा एफपिओ मार्फत पूँजी जुटाएका भए पनि नविलले बोनस शेयर दिएरै पूँजी जुटाएको हो।
 
बैंकले विगत पाँच वर्षदेखि दिएको बोनस शेयर
बोनस शेयर आर्थिक वर्ष
30 2073/2074
30 2072/2073
30 2071/2072
20 2070/2071
25 2069/2070
 
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले एफपिओ तथा बोनश शेयरमार्फत पूँजी जुटाएको छ। बैंकले २०७३ चैत्रमा एक सय रुपैयाँको शेयरमा प्रिमियमसहित १२९० रुपैयाँमा २५ लाख ५८ हजार एफपिओ निष्काशन गरेको थियो। यस बाहेक बैंकले केबल बोनस शेयरमार्फत ८ अर्ब रुपैयाँ पूँजी जुटाएको हो।
 
पाँच वर्षदेखि बोनस शेयर
बोनस शेयर आर्थिक वर्ष
100 2073/2074
33.33 2072/2073
25 2071/2072
10 2070/2071
10 2069/2070
 
राष्ट्रिय बाणिज्य बैंक
नेपाल सरकारको स्वामित्वमा रहेको बैंकको पूँजी योजनाअघि नै चुक्ता पूँजी ८ अर्बमाथि थियो।
 
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले बोनस शेयर, एफपिओ र मर्जरको बाटो रोजेर पूँजी जुटाएको छ। बैंकले गत २०७२ फागुनमा एक सय रुपैयाँ अंकित दरको शेयरलाई प्रिमियमसहित ६०१ रुपैयाँमा ९० लाख ६९ हजार कित्ता निस्कासन गरेको थियो। बैंकले एस डेभलपमेन्ट बैंकलार्इ पनि प्राप्ति गरेको छ। एफपिओ, मर्जर र बोनस शेयर मार्फत बैंकले पूँजी १० अर्ब ६२ करोड रुपैयाँ जुटाएको हो।
 
पाँच वर्षदेखि बोनस शेयर 
बोनस शेयर आर्थिक वर्ष
15 2073/2074
20 2072/2073
33 2071/2072
15 2070/2071
10 2069/2070
 
ग्लोबल आइएमर्इ बैंक
अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गरी पूँजी जुटाउनेमा ग्लोबल आइएमर्इ बैंक अगाडि छ। अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गरे पनि बैंकले हकप्रदको बाटो भने रोजेन। बैंकले पछिल्लो समयमा प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभलपमेन्ट बैंक प्राप्ति गरेको थियो। बैंकले गत  वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर दिएपछि चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
 
पाँच वर्षदेखि बोनस शेयर
बोनस शेयर आर्थिक वर्ष
10 2073/2074
16 2072/2073
23 2071/2072
21 2070/2071
15 2069/2070
 
एनएमबी बैंक
नेपाल राष्ट्र बैंकको पूँजी बृद्धि गर्ने निर्देशनपछि एनएमबी बैंकले हकप्रद शेयर घोषणा गरेको छैन तर यस विचमा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गरेको छ। विदेशी साझेदारलाई एफपिओ जारि गरेको छ। बोनस शेयरबाटै बैंकले चुक्ता पूँजी ८ अर्ब पूर्याउन सक्छ।
 
बोनस शेयर आर्थिक वर्ष
19 2072/2073
8 2071/2072
20 2070/2071
 
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले राष्ट्र बैंकको निर्दशन पछि हकप्रद निष्काशन गरेको छैंन। लुम्विनी बैंक गाभेर पूँजी बढाउने रणनीति अनुसार अगाडि बढ्यो। मर्जरबाट ४ अर्ब ५७ करोड रुपैयाँ शेयर पूँजी पुगेको थियो। त्यसपछि बैंकले २३ प्रतिशत बोनस शेयर दिएर ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको थियो। बैंकले बाँकी पूँजी बढाउन हकप्रद शेयरको निर्णय गरिसकेको छैन। त्यसैले बोनस शेयरबाट पूँजी पुर्याउने योजनामा बैंक देखिन्छ। २८ वटा वाणिज्य बैंकहरुमध्ये ९ वटा बैंकहरुले मर्जरको बाटो रोजेका थिए। 


Share this Story

   

मिसन ८ अर्ब: २१ बैंक हकप्रद शेयरबाट पूँजी बृद्धिमा, मर्जरमा जाने निक्कै थोरै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.