एनआर्इविएलको 'ओपन इन्डेड म्युचुअल' फण्डमा धितोपत्र बोर्डको प्रश्न, कारोबार राफसाफ विधि के हो?




काठमाडौँ।नेपाल धितोपत्र बोर्डले एनआईविएल क्यापिटलले ल्याउन लागेको खुलामुखी (ओपन इन्डेड) म्युचुअल फण्डको विधि स्पस्ट पार्न निर्देशन दिएको छ।

सामूहिक योजना सञ्चालनमा आएपछि खरिदबिक्री प्रक्रिया बारे स्पस्ट पार्न बोर्डले निर्देशन दिएको हो। लगानीकर्ताले एकाइ खरिदबिक्री गर्दा कारोबार राफसाफ गर्ने विधि स्पस्ट पार्न बोर्डले निर्देशन दिएको हो।


बोर्डले खुद सम्पत्ति मूल्य गणना गर्ने विधि समेत स्पस्ट निर्देशन दिएको छ।बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले क्यापिटलले विधि स्पस्ट पारेपछि अनुमति दिइने बताए। क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले बोर्डले राखेको चासोका बारेमा आवश्यक छलफल गरेर टुंगोमा पुगिने बताए।कम्पनीले तत्काललाई ५० करोड रुपैयाँको कोष सर्वसाधारणलाई निष्काशन गर्नेछ। खुलामुखी स्कीम भएको कारण यसको आकार घटबढ हुन सक्ने उनले बताए।



Share this Story

   

एनआर्इविएलको 'ओपन इन्डेड म्युचुअल' फण्डमा धितोपत्र बोर्डको प्रश्न, कारोबार राफसाफ विधि के हो? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.