एक मेगावाटसम्मको जलविद्युत आयोजनाको अनुमतिपत्र स्थानीय तहबाट जारी हुने

बिजमाण्डू
२०७४ पुष २८ गते २०:५१ | Jan 12, 2018
काठमाडौं। एक मेगावाट सम्मको जलविद्युत आयोजनाको अनुमतिपत्र स्थानीय तहले जारी गर्न पाउने भएका छन्। 
 
नेपालको संविधान अनुसार जलविद्युत सम्वन्धी अधिकार तीनै तहमा छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले एक मेगावाट सम्मका जलविद्युत आयोजनाको अधिकार स्थानीय तहलार्इ दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार कार्यान्वयनका लागि कार्यविधी वनिसकेको छैन्।

Tata
GBIME
Nepal Life

कार्यविधी नबनाएसम्मका लागि विद्युत विकास विभागबाट प्राविधिक आधारमा एक मेगावाटसम्मको अधिकार दिइएको हो।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभागलार्इ पत्राचार गर्दै यो जानकारी गराएको हो।