एनआर्इसी एशिया ग्रोथ फण्ड मंगलबारदेखि बिक्री खुल्ला, वार्षिक १६ प्रतिशतसम्म नगद लाभांश दिने

बिजमाण्डू
२०७४ पुष २८ गते २०:२२ | Jan 12, 2018
काठमाडौं । एनआई सी एशिया क्यापिटलले व्यवस्थापन गरेको एनआईसी एशिया ग्रोथ फण्ड माघ  २ गतेदेखि बिक्री सुरु गर्ने भएको छ।यो एक अर्ब रुपैयाँको हुनेछ।
औसतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्डप्रति आर्कषण बढदैछ। म्यूचुअल फण्डले औसत बार्षिक न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताए।

Tata
GBIME
Nepal Life

उनका अनुसार म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ प्रतिशत र सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिइएको छ।ढुंगेलले आम्दानीका आधारमा आफ्ना इकार्इधनीलार्इ प्रत्येक वर्ष नगद लाभांस दिइने बताए।निष्काशन गरिने फण्डमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्धक एनआईसी एशिया बैंकलार्इ सुरक्षित गरिएको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

क्यापिटलका अनुसार बाँकी ८ करोड पचास लाख इकार्इ विभिन्न संघसंस्था र सर्वसाधरणलार्इ बिक्री गरिनेछ।यो योजना छिटोमा माघ ८ गते र ढिलोमा माघ २१ गतेसम्म निष्काशन गरिने क्यापिटलले जनाएको छ।यो इकार्इ न्यूनतम एक सयदेखि अधिकतम २० लाख इकार्इसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।