फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको लाभांश घोषणा, शेयरधनीले पाउने भए ५०% बोनस शेयर




काठमाडौँ। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्थाले गत बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीले गत बर्षको मुनाफाबाट चुक्ता पूँजी २० करोड रुपैयाँ बराबरको ६५ प्रतिशत लाभांश घोषणा गरेको हो। कम्पनीले ५० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश  दिने भएको  जनाएको छ।


संस्थाका अनुसार घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्। कम्पनीको ५० प्रतिशत बोनस पश्चात चुक्ता पूँजी ३० करोड रुपैयाँ पूग्ने छ।

गत बर्ष कम्पनीले २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले  ६ करोड ७८ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ।    

Share this Story

   

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको लाभांश घोषणा, शेयरधनीले पाउने भए ५०% बोनस शेयर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.