नेपाल चेम्बर पनि महासंघमा रुपान्तरण, एफएनसीसीआर्इजस्तै सांगठनिक संरचनामा चेम्बर

बिजमाण्डू
२०७४ पुष २८ गते १२:४७ | Jan 12, 2018
नेपाल चेम्बर पनि महासंघमा रुपान्तरण, एफएनसीसीआर्इजस्तै सांगठनिक संरचनामा चेम्बर


काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघसँग प्रतिस्पर्धा गर्न चेम्बर अफ कर्मश समेत महासंघमा रुपान्तरण भएको छ।

Tata
GBIME
Nepal Life

चेम्बरको सांगठनिक संरचना महासंघको जस्तै हुनेछ।पुस ११ गतेको मन्त्रिपरिषद्बाट चेम्बर महासंघमा रुपान्तरण भएको हो।‘हामी महासंघमा रुपान्तरित भइसकेका छौं।सांगठनिक संरचना समेत त्यही अनुसार परिवर्तन भइसकेको छ’चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बिजमाण्डूसँग भने,हामी एफएनसीसीआर्इसँग प्रतिस्पर्धा गर्न होइन बाध्यात्मक अवस्थाका कारण महासंघमा गएका हौं।‘

चेम्बरमा सात जना उपाध्यक्ष हुनेछन्।महासंघ बन्नुअघि सचिव र महासचिवको व्यवस्था खारेज गरिएको छ।महासंघको जस्तै बरिष्ठ,जिल्ला,वस्तुगत,उद्योग,वाणिज्य,द्धिराष्ट्रिय र मानार्थ उपाध्यक्ष हुनेछन्।स्रोतका अनुसार चेम्बरमा राजेशकाजी श्रेष्ठ अध्यक्ष भएर आएपछि महासंघमा जान छलफल थालेका थालेका थिए।महासंघको लोकप्रियतासँगै राजेशकाजीले महासंघमा लैजान आफ्नो भूमिका बढाएका थिए।मल्लले सबै भन्दा पूरानो संस्था चेम्बर भएको बताउँदै विगतमा समेत मुलुकका विभिन्न क्षेत्रमा च्याप्टर रहेको जिकिर गरे।

‘विगतदेखिनै मुलुकका विभिन्न स्थानमा चेम्बरको च्याप्टरहरु थिए।हामीलार्इ समेत मुलुकभर संजाल विस्तार गर्न दबाब परेको थियो’मल्लले भने।उनले ७७ वटै जिल्लामा चेम्बरका संजाल हुने बताउँदै ८५ वटा वस्तुगत संघ,२० वटा द्धिराष्ट्रिय उद्योग वाणिज्य संघ र ५२ वटा अन्तर्राष्ट्रिय संघसँग आवद्ध रहेको बताए।