महिनाको अन्तिम दिन शनिवार परे पनि बैंक खोल्नु पर्ने, पुस २९ गते शनिवार पनि बैंक अनिवार्य खुला

बिजमाण्डू
२०७४ पुष २८ गते १०:२९ | Jan 12, 2018
काठमाडौं। अब बैंकहरुले प्रत्येक त्रैमासको अन्तिम साताको २५ गते र त्यसपछिको मसान्तसम्म बिदा परे पनि काउन्टर खोल्नु पर्ने भएको छ। राष्ट्र बैंकले राजश्व संकलन गर्नका लागि शाखा खोल्न निर्देशन दिएको हो।
 
बैंकका साथै आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालय, भन्सार, राष्ट्र बैंक पनि त्यो बेला खुला रहने छन्। राजश्व पापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि बैंक तथा क्लियरिङ हाउस पूर्णकालिन खुला राख्न निर्देशन दिएको हो। यसको सुरुवाता पुस २९ गते शनिवारबाटै हुने छ। 
 
अर्थमन्त्रालयले गत असोज १ गते निर्णय गर्दै महिनाको अन्तिम दिन शनिवार वा सार्बजनिक बिदा परेमा पनि बैंकहरु खुला हुनु पर्ने छ।
 

Tata
GBIME
Nepal Life