पतन्जलीलाई फ्रेन्च कम्पनीको सहकार्यको अफर, ‘ग्लोबल ब्राण्ड’ बन्ने प्रस्ताव स्विकार्ला?

बिजमाण्डू
२०७४ पुष २७ गते १८:०६ | Jan 11, 2018

भारतका योग गुरु बाबा रामदेवको आयूर्वेदिक उत्पादन कम्पनी पतन्जलीलाई फ्रान्सेली लग्जरी ग्रुप एलवीएमएचले सहकार्यको अफर गरेको छ।

Tata
GBIME
Nepal Life

एलवीएमएचको साझेदार कम्पनी एल कैटटर्न प्राइभेट इक्विटी फन्डले आफ्नो एशिया फन्डको ५० करोड डलर पतन्जलीमा लगानी गर्ने अफर गरेको हो।
एलवीएमएच कम्पनीले पतन्जलीको मोडलमा मल्टीनेशनल तथा फरेन इन्भेष्टमेन्टको नहुने भएपनि  कुनै मोडल अनुसार बिजनेसमा साझेदारी गर्न चाहेको भन्दै सहकार्यको प्रस्ताव गरेको छ।

एलवीएमएचसँग साझेदारी गरेमा पतन्जलीले आफ्नो उत्पादनहरु अमेरिका, जापान, चीन, दक्षिण कोरिया तथा यूरोपमा पनि बेच्न सक्ने छ। एलवीएमएचका अनुसार एल कैटटर्नको सहयोगबाट पतन्जली ग्लोबल कम्पनी बन्न सक्ने छ ।

हाल पतन्जलीले पनि फन्डिड्ड चाहिरहेको अवस्थामा फ्रान्सेली कम्पनीले सहकार्यको प्रस्ताव गरेको हो। पतन्जलीका सिइओ आचार्य बालकृषणका अनुसार पतन्जली ५ हजार करोड भारतीय रुपैयाँ ऋणको खोजीमा छ।  

बैंकहरुसँग कम ब्याजदरमा ऋण लिनेबारे छलफल चलिरहेको अवस्थामा कम्पनीले एल कैकटर्नसँग सहयोग लिने विषयमा छलफल गर्न पतन्जली तयार रहेको पनि सिइओ बालकृष्णले बताए।

बालकृष्णले भने-‘पतन्जलीले आफ्नो इक्विटी वा शेयर बेच्दैन तर आफ्नो शर्तमा आर्थिक मद्दत लिन तयार छ।’

‘देशले प्रगतिकालागि विदेशी प्रविधि प्रयोग गर्न हुने, आफ्नो शर्तमा विदेशी पैसा स्वीकार गर्न किन नहुने?’ बालकृष्णले प्रश्न गरे।

हाल पतन्जलीको भ्यालू ५ अर्ब डलर रहेको अनुमान छ।

फ्रेन्च कम्पनीसँग सहकार्य गरेमा पतन्जलीले भारतभन्दा बाहिर ब्राण्ड बनाउन मद्दत पुग्ने बताइएको छ।