सामुदायिक लघुवित्तको आइपिओ आउँदै, सर्वसाधारणले २ लाख ३७ हजार कित्ता पाउने




काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता आर्इपिओ निष्कासन गर्ने भएको छ।

संस्थाले प्रति साधारण शेयर एक यस रुपैयाँको दरमा ४ प्रतिशत कर्मचारीहरुलार्इ र ५ प्रतिशत संस्थापक शेयरधनीहरुको लागि बाँडफाँड गरेको छ भने बाँकी दुर्इ लाख ३७ हजार कित्ता सर्वसधारणको लागि छुट्याएको छ।

दरखास्तको लागि न्यूनतम ५० कित्ता र अधिकतम १५ सय कित्तासम्मको लागि आवेदन दिन पाइने संस्थाले जानकारी दिएको छ। संस्थाको आइपिओ माघ ९ गते देखि छिटोमा १२ गतेसम्म र ढिलोमा फागुन ८ गतेसम्म खुला हुनेछ।

संस्थाको आइपिओ आवेदनको लागि आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक नेपाल एसबिआर्इ मर्चेन्ट बैंकिङले जनाएको छ।

संस्थाको अधिकृत पूँजी १५ करोड रुपैयाँ रहेको छ भने जारी पूँजी १० करोड रुपैयाँ रहेको छ। साथै संस्थाले आइपिओ निष्काशन गरेसँगै संस्थापक शेयर धनीको ७० प्रतिशत अर्थात ७ करोड रुपैयाँ र सर्वसाधारणको तर्फ ३० प्रतिशत अर्थात तीन करोड रुपैयाँ पुग्नेछ।
 

Share this Story

   

सामुदायिक लघुवित्तको आइपिओ आउँदै, सर्वसाधारणले २ लाख ३७ हजार कित्ता पाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.