कामना सेवा विकास बैंकको हकप्रद निष्कासन, हकप्रदपछि पनि पूँजी पुर्याउन १२ करोड चाहिने




काठमाडौं। कामना विकास बैंकले १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता एक सय रुपैयाँको दरमा ३० लाख ९४ हजार कित्ता हकप्रद निष्कासन गर्ने छ।

बैंकको हकप्रद माघ १५ गते देखि फागुन २० गतेसम्म निष्कासन हुने बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ। बैंकको हकप्रद आवेदनकालागि एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकका शाखा कार्यालयहरु, कामना सेवा विकास बैंकका केन्द्रिय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्।

बैंकले हकप्रद निष्कासन पछि संस्थापक शेयर धनीहरु तर्फ ५१ प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ भने सर्वसधारण समुह तर्फ ४९ प्रतिशत अर्थात एक अर्ब १६ करोड रुपैयाँ पुग्ने छ।

दुबै समुह गरी बैंकको चुक्ता पूँजी दुर्इ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ। नेपाल राष्ट बैंकले निर्दशन गरे अनुसार बैंकले दुर्इ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने छ। यसको लागि बैंकले अझै १२ करोड ७८ लाख रुपैयाँ जुटाउनु पर्ने छ।

बैंकले चालु आर्थिक वर्षमा चुक्ता पूँजी दुर्इ अर्ब ५३ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ। यसै आधारमा पनि बैंकले हकप्रद निष्काशन पछि कायम हुने पूँजीमा ७ प्रतिशत बोनस शेयर दिनु पर्ने छ।

बैंकले गत आर्थिक वर्षमा १७ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो भने जगेडा कोषमा ३१ करोड ७८ लाख रुपैयाँ जम्मा भएको थियो।

Share this Story

   

कामना सेवा विकास बैंकको हकप्रद निष्कासन, हकप्रदपछि पनि पूँजी पुर्याउन १२ करोड चाहिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.