आकाश क्यापिटलले पायो मर्चेन्ट बैंकिङको अनुमति, मर्चेन्ट बैंकर २५ वटा पुगे




काठमाडौं। आकाश क्यापिटलले मर्चेन्ट बैंकिङको अनुमति पाएको छ।नेपाल धितोपत्र बोर्डले बुधवार मर्चेन्ट बैंकिङको अनुमति दिएको हो।

क्यापिटलले बोर्डको निर्देशन अनुसार पूँजी पुर्याएसँगै बुधवार लाइसेन्स दिइएको बोर्डका निर्देशक निरन्जय घिमिरेले बिजमाण्डूलार्इ जानकारी दिए। 
बोर्डले नयाँ खोल्न मर्चेन्ट बैंकको चुक्ता पूँजी पाँच करोड रुपैयाँ हुनुपर्ने प्रावधान बनाएको थियो। बोर्डले यसअघि आरविवि मर्चेन्ट बैंकिङलार्इ लाइसेन्स दिएको थियो।आकाशले अनुमति पाएपछि मर्चेन्ट बैंक २५ वटा पुगेका छन्। 
 
धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली २०६४ अनुसार मर्चेन्ट बैंकरले निष्काशन तथा बिक्री प्रवन्धकको लागि तीन करोड रुपैयाँ, धितोपत्र प्रत्याभुतिकर्ताको लागि चार करोड, शेयर रजिष्ट्रारको लागि एक करोड रुपैयाँ, लगानी व्यवस्थापकको लागि एक करोड रुपैयाँ पूँजी पुर्याउनुपर्नेछ।
 
 


Share this Story

   

आकाश क्यापिटलले पायो मर्चेन्ट बैंकिङको अनुमति, मर्चेन्ट बैंकर २५ वटा पुगे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.