ज्योती लाइफ शाखा विस्तारमा एग्रेसिभ, एक सातामै सातवटा शाखा, कम्पनीको शाखा पुग्यो ३३

बिजमाण्डू
२०७४ पुष २६ गते १६:३९ | Jan 10, 2018

काठमाडौं।ज्योती लाइफ इन्स्योरेन्सले एक सातामा सात वटा नयाँ शाखा खोलेको छ।

कम्पनीले मीनभवन,गुलरिया,कोहलपुर,घोराही,जीतपुर,भैरहवा र वर्दघाटमा शाखा खोलेको छ।कम्पनीको शाखा ३३ पुगेको छ।कम्पनीका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीले जीवन बीमा बजार विस्तारका लागि कम्पनी शाखा विस्तारमा एग्रसिभ भएको बताए।

Tata
GBIME
Nepal Life

कम्पनीले बीमा व्यवसाय विस्तारका लागि नायक राजेश हमाललार्इ ब्राण्ड एम्बेस्डर समेत नियुक्त गरेको छ।हमालले दुई वर्ष जीबन बिमा सम्बन्धी सचेतना, कम्पनीको व्यवसाय प्रवर्द्धनमा सहभागी हुनेछन्।यो कम्पनी असोज ८ गतेदेखि संचालनमा आएको थियो।कम्पनीले एनएमबि बैंकसँग बैंकासुरेन्स सम्झौता गरिसकेको छ।