एसियामा ओपोको बजार हिस्सा १५ प्रतिशत, भिभो, सामसुङ र हुवावेलाई पछि पार्दै बन्यो नम्बर १ ब्राण्ड




काठमाडौं। स्मार्टफोन ब्राण्ड ओपोले एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा लिदै पहिलो स्थान लिएको छ। ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको हो।

ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा रहेको छ भने, १२ प्रतिशत बजार हिस्सा सहित सियाओमी र सामसुङ तेस्रो स्थानमा रहेका छन्। त्यसैगरी ११ प्रतिशत बजार हिस्सा सहित हुआवे चौथौँ स्थानमा रहेको प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले आफ्नो नयाँ प्रतिवेदनमा उल्लेख गरेको छ।

‘एसिया हाम्रो लागि एक प्रमुख बजारका रुपमा रहँदै आएको छ। हामीले यहाँका उपभोक्ताको माग तथा आवश्यकताको आफ्ना उत्पादनका माध्यमबाट सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ।’ एक विज्ञप्ति जारी गर्दै ओपोले भनेको छ, ‘ढुवानीका आधारमा उत्कृष्ट ३ ब्राण्ड भित्र पर्न सफल हुनु हाम्रालागि वास्तवमै गौरवको विषय हो। समय सापेक्ष रुपमा उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै बहु उपयोगी उत्पादनहरु उपलब्ध गराउने हाम्रो प्राथमिकता हुनेछ।’

उच्च गुणस्तरिय उत्पादनका साथै उपभोक्ताका मागलाई विशेष प्राथमिकताको विषयका रुपमा सम्बोधन गर्नु ओपोको सफलताको प्रमुख कारक रहेको विज्ञप्तीमा उल्लेख छ।

ओपोले एसियाका अधिकांश ठाउँमा आफ्नो विक्रि तथा सेवा केन्द्रको सञ्जाल विस्तार गरिरहेको छ।  मनोरञ्जन, खेल, सामाजिक सञ्जाल लगायत माध्यमबाट यूवा वर्ग लक्षित सफल मार्केटिङ क्याम्पेन सञ्चालनले पनि यसमा उल्लेख्य भुमिका निर्वाह गरेको ओपोले जनाएको छ।

Share this Story

   

एसियामा ओपोको बजार हिस्सा १५ प्रतिशत, भिभो, सामसुङ र हुवावेलाई पछि पार्दै बन्यो नम्बर १ ब्राण्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.