साझाले करोड मूल्य पर्ने सुविधा सम्पन्न बस ल्याउँदै ,२० वटा सिटी बसका लागि टेण्डर आव्हान

बिजमाण्डू
२०७४ पुष २४ गते १२:०३ | Jan 8, 2018
साझाले करोड मूल्य पर्ने सुविधा सम्पन्न बस ल्याउँदै ,२० वटा सिटी बसका लागि टेण्डर आव्हान

काठमाडौं। साझा यातायातले सुविधा सम्पन्न ‘सेमी लो फ्लोर’ बस गुडाउने भएको छ।

Tata
GBIME
Nepal Life

साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले दुर्इ हप्तामा सेमी लो फ्लोर बस काठमाडौ आइपुग्ने जानकारी दिए।उनले भारतीय कम्पनी अशोक लेल्याण्डले उक्त बस तयार पारिसकेको बताउँदै नेपाल ल्याउने प्रक्रियामा रहेको बताए।

साझा यातायातको टोलीले केही समय अघि भारतमै पुगेर यो बसको निरीक्षण समेत गरेका थिए।यो बस कालोपत्रे भएको सडकमा मात्रै गुड्छन्।यो गाडीको रुट निर्धारण भएको छैन।एउटा सेमी लो फ्लोर बसको १ करोड रुपैयाभन्दा बढी पर्छ।तर साझाँले ल्याउदा भने केहि सस्तो पर्ने बतार्इएको छ।

कस्तो हुन्छ सेमी लो फ्लोर बस ?
साझाले परीक्षणका लागि ल्याउन लागिएको सेमी लो फ्लोर बसको ग्राउण्ड क्लियरेन्स कम हुन्छ । अपाङगता भएका र अशक्तलार्इ सजिलै बस चढाउन र ओराल्न सकिन्छ।

सामान्य बसमा ग्राउण्ड क्लियरेन्स ९ सय मिलिमिटरको हुन्छ ।तर अहिले ल्याउन लागिएको बसमा त्यसको आधा भन्दा पनि कम अर्थात ४ सय मिलिमिटरको हुन्छ।

२० वटा सिटी बसका लागि टेण्डर आव्हान
साझाले २० वटा सिटी बस खरिद गर्नका लागि टेण्डर आव्हान गरेको छ। काठमाडौंका विभिन्न रुटमा यो बस संचालन हुनेछ।

अहिले काठमाडौंका सडकमा डिलक्स बस संचालनमा छन्।काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ बराबरको शेयर र ललितपुरले एक करोड बराबरको शेयर खरीद गरेपछि साझाले सिटी बस संचालनमा ल्याउन लागेको हो।

साझाले काठमाडौंमा अहिले १३ वटा बस संचालन गरिरहेको छ।साझाले ल्याउन लागेको सिटी बसमा वीचमा फराकिलो स्पेश हुनेछन् भने ह्याङगर स्ट्रयाम्पमा समातेर उभिएरै पनि सहज यात्रा गर्न सकिने खालको हुनेछ।