टेलिकमले मोबाइल वालेटका लागि थाल्यो गृहकार्य, मोबाइलबाटै सपिङ गर्न सकिने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ पुष २४ गते १०:१५ | Jan 8, 2018
टेलिकमले मोबाइल वालेटका लागि थाल्यो गृहकार्य, मोबाइलबाटै  सपिङ गर्न सकिने

काठमाडौं।सरकारी स्वामित्वको नेपाल टेलिकमले डिजिटल पेमेन्ट गेटवे(मोबाइल मनि)संचालनमा ल्याउने भएको छ।

Tata
GBIME
Nepal Life

मोबाइल मनि संचालनमा ल्याउन टेलिकमले सब्सिडरी कम्पनी खोल्ने प्रकृया अगाडि बढाएको छ।पछिल्लो समयमा मोबाइलमार्फत हुने कारोबार बढ्दै गएपछि टेलिकमले यो व्यवसायमा हात हालेको हो।अहिले मुलुकभित्र इ-सेवा,आइएमर्इ पे,प्रभु टेक्नोलोजी,खल्ती लगायतका कम्पनीले डिजिटल पेमेन्टको कारोबार गरिरहेका छन्।

विदेशमा सबैजसो टेलिकम कम्पनीले मोबाइल मनि संचालन गरिरहेका छन्।टेलिकमको १ करोड ७६ लाख मोबाइल प्रयोगकर्ता छन्।टेलिकमले इन्टरनेट तथा डाटा प्रयोगकर्ता ८४ लाख छन्।यो प्रयोगकर्ता टेलिकमको मोबाइल मनिको लागि स्ट्रेन्थ हो।मोबाइलबाटै सबै कारोबार गर्न सकिने व्यवस्था भएकोले यसप्रति आकर्षण बढ्दो छ।टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले मोबाइल मनिका लागि सब्सिडरी कम्पनी खोल्ने प्रकृया अघि बढेको बतार्इन्।

‘मोबाइल पेमेन्ट सिस्टम अन्तर्गत मोबाइल वालेट डिजिटल फाइनान्सको विकसित र सरल प्रविधि हो, उनले बिजमाण्डूसँग भनिन्,’यो मोबाइल वालेटमा हामीजस्तो टेलिकम कम्पनीको झन् ठूलो सम्भावना रहन्छ।त्यसैले हामीले यो व्यवसायमा हात हाल्न लागेका हौं। अहिले हामी प्लानिङको फेजमा छौं। ’उनले मोबाइल मनि सुरु गरेपछि रिचार्ज कार्डको भौतिक कारोबार समेत कम हुने र त्यसले टेलिकमको व्यापारको हिस्सा समेत बढ्ने बतार्इन्।‘

उनले भनिन् 'अहिले ग्राहकले एनटीसीको रिचार्जकार्डबाट एनटिसीकै सेवाका लागि मात्र कारोबार गर्दै आएका छन्, मोबाइल मनि सेवा संचालनमा आएपछि ग्राहकले (युटिलीटी पेमेन्ट) विजुली, खानेपानी, सपिङ लगायत क्षेत्रमा मोवाइलबाटै कारोबार गर्न सक्नेछन्।'वैद्यका अनुसार सब्सिडरी कम्पनी खोलेपछि मोबाइल मनिका लागि राष्ट्र बैंकबाट अनुमति लिएर तत्कालै काम थालिनेछ।मोबाइल मनिका लागि विभिन्न बैंकसँग सहकार्यका लागि समेत छलफल सुरु गरिसकेको उनले बतार्इन्।
 
के हो मोबाइल मनि?
मोबाइलबाटै कारोबार गर्न सकिने विश्वकै विकसित र सरल प्रविधि हो।यो सेवामार्फत मोबाइलबाट खातामा रकम राख्न,अर्काको खातामा पठाउन र विभिन्न कारोबार गर्न सकिन्छ।

मोबाइलबाट विद्यालयको शुल्क,बिजुलीको विलदेखि किराना पसलसम्म सामान किन्न सकिन्छ।तर त्यसका लागि मोबाइल मनिको भेन्डर भने हुनुपर्छ। मोबाइल मनि सन् २००७को मार्चमा वेलायती दूरसंचार कम्पनी भोडाफोनको केन्याको कम्पनी सफारीकमले एम पेसा सेवा सुरु गरेको थियो।केन्यामा माइक्रोफाइनान्सको ऋण तिर्नका लागि एमपेसाले मोबाइल मनि सुरु गरेको थियो।

नगदको ओसारपसारलार्इ कम गरेर ब्याजदर कम गर्ने उदेश्यसहित मोबाइल मनी सुरु गरिएको थियो।तर पाइलट प्रोजेक्टको रुपमा सफल भएपछि एमपेसाले मोबाइल मनि ट्रान्सफर गर्नेतर्फ परिवर्तन गर्यो।अहिले सफारी डटकमसँग ४० हजार एजेन्ट छन्।देशका हरेक कुनामा रहेका पसलको एजेन्टसँग रहेकोले मोबाइलमार्फत कारोबार गर्न सकिन्छ।