रोयल स्ट्याग बनाउने पेनोर्ड रिकार्ड कर छलीको छानविनमा, छ वर्षमा भारतमा छ अर्वको कर छली

बिजमाण्डू
२०७४ पुष २३ गते १५:३३ | Jan 7, 2018
रोयल स्ट्याग बनाउने पेनोर्ड रिकार्ड कर छलीको छानविनमा, छ वर्षमा भारतमा छ अर्वको कर छली


काठमाडौं । विश्वको दोस्रो ठूलो मदिरा कम्पनी पेर्नोड रिकार्डको भारतीय युनिटमाथि कर छलीको आरोप लागेको छ। कम्पनीले पछिल्लो छ वर्षमा भारतमा छ अर्व १२ करोड ७२ लाख भारु (झण्डै दश अर्व नेपाली रुपैयाँ) भन्सार राजस्व चोरी गरेको इन्डियन एक्स्रेपेसले लेखेको छ।

Tata
GBIME
Nepal Life

विदेशबाट आयात गरिने मदिराको न्युन मूल्याङ्कनबाट ठूलो मात्रामा  राजस्व छली भएको भारतको राजस्व सूचना विभागले प्रमाणित गरेको छ। भारतको कम्पनीले रिचार्ड पेनोर्ड दुवइबाट आयात गरेको ग्लेनलिभेट, सिभास र बालेन्टाइन जस्ता मदिरामा राजस्व छली गरेको आरोप विभागले लगाएको छ।

पेनोर्ड रिचर्ड भारत  र पेनर्ड रिचर्ड गल्फ दुवै कम्पनीको पूर्ण स्वामित्व भने एउटै कम्पनी पेरी मरिसससँग रहेको छ। पेनर्ड रिचर्डले भारतमा रोयल स्ट्याग,  इम्पेरियल व्लु,  व्लेन्डर्स प्राइड लगायतका मदिरा ब्राण्ड उत्पादन गर्दै आएको छ।

नेपालमा पनि कम्पनीले फ्रन्चाइजमा यी ब्राण्ड उत्पादन गर्दै आए पनि सरकारले विदेश लैजाने रोयल्टीको सिमा लगाइदिएपछि अहिले सबै उत्पादन बन्द छ।

विभागले छानविन सुरु गरेपछि पेनोर्ड रिचार्डले ४८ करोड भारु जम्मा गरेको छ। विभागले भने त्यसभन्दा बढि छ अर्व १२ करोडको थप दायित्व सिर्जना हुने गरी कर निर्धारण प्रक्रिया सुरु गरेको छ।

पेनर्ड रिचर्डले दुवईको कम्पनीसँग अप्रिल २००६ मा डिष्ट्रिव्युटरको सम्झौता गरेको थियो। पेनोर्ड गल्फले धेरै ब्राण्डधनीसँग मदिरा खरिद गरेर विक्रिका लागि भारतमा पठाउने गर्छ।