उच्च क्षमता भएकालाई यसरी आकर्षित गर्दैछ चीन, ५ देखि १० वर्षको मल्टि इन्ट्री भिसा दिने

बिजमाण्डू
२०७४ पुष २३ गते १२:२५ | Jan 7, 2018

चीनले उच्च क्षमता भएका बिदेशी नागरिकहरुलार्इ आफ्नो देशतर्फ आकर्षित गर्न लामो अवधिको लागि भिसा जारी गर्न लागेको छ। चिनियाँ संचारमाध्यमलार्इ उद्धृत गर्दै बिबिसीले जनाए अनुसार यो मल्टि इन्ट्री भिसाको म्याद ५ देखि १० वर्षको हुनेछ।
यस्तो किसिमको भिसाका लागि प्राविधिक, बिशेषज्ञ, उद्यमी तथा बैज्ञानिकहरुले आवेदन दिन पाउने बताइएको छ।

Tata
GBIME
Nepal Life

आफ्नो आर्थिक तथा सामाजिक विकासकालागि चीनले यस्तो किसिमको प्रावधान सुरु गरेको बताइएको छ।

यस भिसा प्रणालीअनुसार चीनले विशेषज्ञहरुलार्इ चीनमा भित्र्याउन सजिलो पारेको विश्लेषण भैरहेको छ।

यो स्किमबाट चीनले पहिलो चरणमा ५० हजार विशेषज्ञहरुलार्इ चीन भित्र्याउने लक्ष्य राखेको जनाएको छ।

अनलाइन आवेदन दिएर यस्तो भिसा लिन सकिने तथा यो भिसामा आवेदन दिँदा शुल्क समेत नलाग्ने बताइएको छ। छिट्टै नै यस भिसाको प्रक्रिया सुरु हुनेछ।

भिसा पाउनेहरुले एक पटकमा १८० दिन चीनमा बस्न पाउनेछन्। साथै यो भिसा पाएकाहरुले आफ्ना जीवनसाथी तथा बालबच्चाहरुलार्इ बिना रोकटोक चीन लैजान पाउने छन्।

सन् २०१६ मै चीनले आप्रवासीहरुको लागि र्याङकिङ सिस्टम सुरु गरेको थियो। चीनले आफ्नो आवश्यकता अनुसारको प्रतिभा चयन गरी लैजान यस्तो किसिमको भिसा प्रावधान तय गरेको हो।

चीनले उच्च प्रतिभा भएका ब्यक्ति, नोवेल पुरस्कार प्राप्तकर्ता, सफल ओलम्पिक एथलेट तथा म्युजिक, फाइन आर्ट तथा आर्टका विश्व प्रसिद्ध कलेजहरुका निर्देशकहरुले सहजै यस्तो भिसा पाउने बताइएको छ। यस्तै शिर्ष बैज्ञानिक, ठूला बित्तीय संस्थाका प्रमुख तथा विदेशी विश्वविद्यालयहरुका प्रोफेसरहरुले पनि यस्तो भिसा पाउनेछन्।