काठमाडौंमा माइक्रोबसको दबदबा अन्त्य, माइक्रोबस चल्ने रुटमा ठूला बस चलाउने प्रतिस्पर्धा




काठमाडौं।तीन वर्षअघिसम्म काठमाडौंका सडकमा माइक्रोबसको दबदबा थियो।१५ सीट भएको माइक्रोबसले व्यवसायीलार्इ फाइदा पुर्यायो तर उपभोक्तालार्इ सास्ती।सडकमा माइक्रोबसको दबदबा भएपनि यात्रुको भने बेहाल भयो।



सडकमा ट्राफिक जामको समस्या झन् बढ्यो।यो विकराल समस्याबाट विस्तारै काठमाडौंले मुक्ति पाउँदैछ।तीन वर्षको अवधिमा काठमाडौंका सडकमा माइक्रोबस घट्दैछ भने ठूला बसको दबदबा सुरु हुन थालेको छ।सबै रुटमा माइक्रोबस हटेर ठूला बस संचालन हुन थालेका छन्।

तात्कालिन अर्थमन्त्री डा.रामशरण महतले कम्पनी मोडलमा दर्ता भएर ४० सीट भन्दा माथिका गाडी चलाउनेलार्इ ८० प्रतिशत राजस्व छुट दिने नीतिगत निर्णयनै ठूला बस संचालनको बाटो खुल्यो।सामान्य नीतिगत सुधारले ठूलो परिवर्तन ल्याउँछ भन्ने प्रमाणित समेत भयो।काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलार्इ यही नीतिगत परिवर्तनले आमूल परिवर्तन गर्दैछ।

अहिले माइक्रोबस चल्ने धेरै रुटमा ठूला बस संचालन हुन थालेका छन्।अझ ती ठूला बसमा वार्इफार्इ, एलइडी टेलिभिजन,नोटिस बोर्ड लगायतका सुविधा राख्न थालिएको छ।साझा यातायातमार्फत सुरु भएको ठूला बस चलाउने अभियानले अहिले काठमाडौंका सडकमा रंगिविरगी ठूला बस चल्न थालेका छन्।

यातायात व्यवस्था विभागले पहिलो चरणमा सामाखुशी यातायात र ट्याम्पु परिवहन संघसँग ठूला बस चलाउन सम्झौंता समेत गरिसकेको छ।विभागले गोगंबु-लैनचौर-मैतिदेवी-सिनामंगल रुटमा चल्ने माइक्रो र ट्याम्पो हटाएर ठुला १७ बस सञ्चालन गर्न लागेको छ।यो रुटमा करिव ६० वटा माइक्रो बस र ट्याम्पु सञ्चालनमा रहेका छन्। व्यवसायीलार्इ  ठूला बस खरिद गर्दा सरकारले १५ प्रतिशत अनुदान र सहुलियत ऋण दिनेछ।

व्यवसायीले 'सार्वजनिक यातायात कम्पनी' दर्ता गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ।यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले ठूला बस संचालनका लागि प्रोत्साहन गरिरहेको बताए।

साझा यातायात
तीन वर्षअघि साझा यातायातले ठूला बस चलाउन थाल्यो।साझाले ठूला बस चलाउने निर्णयले काठमाडौंवासीलार्इ उत्साहित बनायो।



साझाको व्यवसायिक मुनाफा देखेर निजी क्षेत्र समेत ठूला बस चलाउन उत्साहित बन्यो।साझाका ५५ सीट भएको ठूला बस संचालनमा छ।बसभित्र यात्रुलार्इ लक्षित गरेर सीसी क्यामरा,नोटिस बोर्डदेखि एलइडी टिभीसम्म राखिएको छ।

बसभित्र यात्रु चढ्ने र ओलर्ने दुर्इवटा छुट्टाछुट्टै ढोका छन्।साझाका बस लखनखेल-रत्नपार्क-नयाँ बसपार्क रुटमा ८ वटा,लगनखेल-बुढानिलकण्ठ रुटमा ६ वटा,स्वयम्भु-सुर्यविनायक रुटमा १३ वटा,रत्नपार्क-साँगा रुटमा २ वटा,बुङमती-बुढानिलकण्ठ रुटमा ३ वटा,बुङमती-बसपार्क रुटमा २ वटा,इमाडोल-बुढानिलकण्ठ रुटमा २ वटा,इमाडोल-बसपार्क ३ वटा,हरिसिद्धी-बसपार्क रुटमा २ वटा,हरिसिद्धी-बुढानिलकण्ठ रुटमा १ वटा,रत्नपार्क-एयरपोर्ट रुटमा एउटा संचालनमा छ।

महानगर यातायात
साझा संचालनमा आएको केही समयभित्रै  महानगर यातायातले चालिस सीट क्षमता भएको ठूला गाडी संचालनमा ल्यायो।



बसमा सीसीटिभी, नोटिस बोर्ड, टिभी,जिपिएस ट्रयाकिङ लगायतका सुविधा छ।बसमा उभिएर यात्रा गर्नेलार्इ ह्यागर स्ट्रयाम्प पनि छ।कम्पनीका ३९ वटा गाडी रिङरोड परिक्रमा गर्छ।

सिटी मेट्रो
महानगरपछि राजधानीमा सिटी मेट्रो बसले सेवा थाल्यो।सिटी  मेट्रोले अहिले १५ वटा ठूला सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ।


यो बस काँडाघारीबाट जडीबुटी-कोटेश्वर-नयाँ-बानेश्वर-बबरमहल-माइतीघर-रामशाहपथ-पुतलीसडक-नक्साल टिचिङ-महराजगञ्ज-बसुन्धरा-नयाँ बसपार्क हुदै बनस्थलीसम्म पुग्छन र त्यहीबाट फर्कन्छन्।

बसमा एयर सस्पेन्सन सिस्टम छ।एयर सस्पेन्सन प्रणालीले बस कम हलिन्छ। बसमा चढ्न र ओर्लनका लागि  छुट्टाछुट्टै ढोका छ। ४० भन्दा बढी सिट क्षमता भएको बसको एप समेत छ।बसमा डिस्प्ले वोर्ड र स्पिकरमार्फत गाडीको स्टपको बारेमा जानकारी दिइन्छ।

ओरेन्ज यातायात
ठूला गाडी भित्र्याउने अर्को कम्पनी हो ओरेन्ज यातायात।कम्पनीका ५५ सीट क्षमताका १० वटा बस संचालनमा छन्।



अध्यक्ष चित्र बहादुर थापाका अनुसार अहिले दुप्चेश्वर यातायात प्रालीबाट १० वटा चालक सहित ५५ सिट क्षमताका ओरेन्ज कलरका बसहरु पहिलो चरणमा सञ्चालनमा ल्यार्इएका छन्। सुन्तला कलरका यी बस चक्रपथ परिक्रमा गर्छन्। कम्पनीका १० वटै बसमा जिपिएस जडित छन् ।बसमा आरामदायी सिट,उभिनका लागि फराकिलो स्पेश र ह्याङगर स्ट्रयाम्प राखिएको छ।

यो बसमा २० रुपैयाँ तिरेपछि चक्रपथ परिक्रममा गर्न पाइन्छ।।अन्य छोटो दुरीमा विद्यार्थीले १० रुपैयाँ र अन्यले १३ रुपैयाँ मात्र तिरे पुग्छ।

बाबा गोकर्णेश्वर
ठूला बस मूख्य रुटमा मात्र नभर्इ भित्री रुटहरुमा समेत भित्रन थालेका छन्।विगत लामो समयदेखि साना निलो रङका  मार्इक्रो बसहरुको एकाधिकार तोड्दै  माकलबारी क्षेत्रमा ठूला बस चल्न थालेका छन्।



बाबा गोकर्णेश्वरमार्फत चैतदेखि नै बस संचालनमा आएको हो।यो कम्पनीमार्फत २७ वटा बस संचालनमा छन्।तीन महिनाभित्र ४० वटा पुर्याउने लक्ष्य लिएको छ।अहिले सबै  बस माकलबारीबाट  नारायणटार हुँदै जोरपाटी-बौद्ध-चावहिल सम्म जाने गर्छन्।चावहिलबाट आधा बस मित्रपार्क-गौशाला-कोटेश्वर हुदै चक्रपथ परिक्रमा गरेर चावहिल आइपुगी सोहि बाटो माकलवारी फर्कनेछन्।

त्यस्तै आधा गाडी चावहिलबाट सुकेधारा-धुम्वाराही-बसुन्धरा हुँदै चक्रपथ परिक्रमा गरि चावहिल आइपुगी सोहिबाटो माकलबारी गन्तव्यतिर फर्कन्छन्।

राता बस
राजधानीको  चक्रपथमा गत जेठ १ गते देखि १४ ठुला सुविधासम्पन्न ठुला बसहरु सञ्चालनमा रहेका छन्।

मध्य उपत्यका स्वयम्भु बस सेवा समितिको नाममा रुट इजाजत लिएर बस सञ्चालन ल्याइएको सञ्चालक राजेश ढङगोलले जानकारी दिए।४० सिट क्षमताका बस देख्दा महानगर यातायात जस्तै देखिएपनि यो महानगरको तुलनामा केहि गाढा रातो रङ छ। बसभित्रै यात्रुका सुविधाका लागि प्राथमिक उपचार र निशुल्क रुपमा वार्इफार्इ सुविधा छ।

काठमाडौ-भक्तपुर नगरवस
विगत लामो समय देखि करिव तीन सयको संख्यामा  माइक्रो तथा साना बस सञ्चालन गर्दै आएको भक्तपुर मिनिवस सेवा समितिले  २० वटा ठूला बस सञ्चालनमा ल्याएको छ।

भक्तपुरमा साझाका २० वटा बसहरु रुट पाएर सञ्चालनमा आउने वित्तिकै समितिले प्रतिस्पर्धाका लागि २० वटै बस सञ्चालनमा ल्याएको हो।यी बसहरु झट्ट हेर्दा झण्डै साझा जस्तो देखिएपनि हरियो,पहेलो र सेता रङको मिश्रण छ।भक्तपुर-काठमाडौ नगरबस नाममा चल्ने यो बस भक्तपुरको दूधपाटीबाट कमलविनायक-सुर्यविनायक-कोटेश्वर-गौशाला-चावहिल-गोपीकृष्ण-चक्रपथ-महराजगञ्ज-नयाँ बसपार्क-बालाजु-स्वयम्भु-कंलकी कालीमाटी-त्रिपुरेश्वर-रत्नपार्क-माइतीघर -सिहदरबार-नयाँ बानेश्वर-कोटेश्वर हुँदै भक्तपुरसम्म पुगेर सेवा दिन्छ।

त्यस्तै अर्को रुट दूधपाटी-कमलविनायक-सुर्यविनायक-कोटेश्वर-बानेश्वर-माइतीघर-त्रिपुरेश्वर-कालीमाटी-कंलकी-स्वयम्भु-बालाजु-नयाँ बसपार्क-महाराजगञ्ज-चावहिल-गौशाला-कोटेश्वर हुदै भक्तपुर फर्कन्छ। ४० सिट क्षमताको बसमा दुवैतिर सीसी क्यामेरा जडा नगरिएको छ। बस फराकिलो र सुविधासम्पन्न छ।

नेपाल यातायातको पनि ठूला बस
नेपाल यातायात समितिले  पनि १० ठूला बस सञ्चालनमा ल्याएको छ ।१७ वर्षसम्म नेपाल यातायातले १८ सीट क्षमताको मिनीबस संचालन गर्दै आएको थियो।

समितिका सचिव गोपालचन्द्र गुरुङले अधिंकाश गाडीहरु १७ बर्ष पुगिसकेको तथा सरकारले २० बर्षे सवारीमाम पुर्ण रुपले  प्रतिवन्ध लगाएकाले ठूला बस भित्र्याएको जानकारी दिए। ।अहिले ल्याएका बस ३६ सिट क्षमताको तथा फराकिलो छ भने ह्याङगर स्ट्रयाम्प समेत राखिएकाले उभिएर समेत सहज यात्रा गर्न सकिने समितिले जनाएको छ ।

 त्यस्तै यात्रुको मनोरञ्जनका लागि एलइडी टिभीसमेत राखिएको छ। नेपाल यातायातका यी ठूला बसहरु पुरानै रुट गोपीकृष्ण-चक्रपथ-महराजगञ्ज-टिचिङ-कान्ति-बालुवाटर-नक्साल-पुतलीसडक-अनामनगर-नयाँ बानेश्वर-कोटेश्वर हुदै बालकुमारी पुग्छन् भने सोही रुट फिर्ता हुन्छन्।

मध्य उपत्यका नगरवस
मध्य उपत्यका नगर यातायात समितिले १३ अत्याधुनिक बस सञ्चालनमा ल्याएको छ।

समितिले भित्र्याएका बसहरु ड्रार्इभर सहित ४० सीटका छन्। भक्तपुरदेखि कोटेश्वर-एयरपोर्ट-गौशाला-रातोपुल-नक्साल-टिचिङ हस्पिटल-नारायणगोपालचोक-समाखुसी-नयाँ बसपार्क-स्वयम्भु-कंलकी सञ्चालन हुन्छन्।

राजधानीका भित्री रुटमा चल्ने भ्वायगर टार्इगर माइक्रो बस व्यवसायीले पनि 'सुनौलो पाँचपोखरी यातायात'मार्फत ठूला बस सञ्चालनमा ल्याएका छन्।यो कम्पनीले चक्रपथ-चावहिल-जोरपाटी-थली रुटमा अहिले ठूला बस सञ्चालनमा ल्याएको छ।




 

 


Share this Story

   

काठमाडौंमा माइक्रोबसको दबदबा अन्त्य, माइक्रोबस चल्ने रुटमा ठूला बस चलाउने प्रतिस्पर्धा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.