नेक्सनलार्इ उत्कृष्ट सवकम्प्याक्ट एसयुभी अवार्ड, ल्याण्डरोभर डिजाइनिङ नेक्सन नेपाल आउँदै




काठमाडौं।टाटा नेक्सनले वर्षकै उत्कृष्ट सवकम्प्याक्ट एसयुभी अवार्ड पाएको छ।एनडिटिभी कार तथा वाइक अवार्डमा नेक्सनले यो सम्मान पाएको हो।



टाटाले सबैभन्दा महत्वपूर्ण प्रक्षेपण रहेको नेक्सन भारतमा निर्माण भएको सव- ४ मिटर स्पेश भएको एसयुभी क्षेत्रमा सार्वजनिक भएको पहिलो मोडल हो।नेक्सन भारतमा सन् २०१७ सेप्टेम्बरमा यो गाडी भारतमा बिक्री सुरु भएको हो।नेक्सनको केही भागको डिजाइन ल्याण्ड रोभर मोडल र केही भाग रेञ्ज रोभर इभोकबाट प्रेरित रहेको कम्पनीको दाबी छ।

कर्भ डिजाइन,पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयुभी कम्प्याक्ट एसयुभीमा नयाँ आयाम ल्याएको कम्पनीले दाबी गरेको छ।गाडीमा प्रोजेक्टर हेडल्याम्प,एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प छ।कम्पनीका अनुसार १६ इन्चको एलोए ह्वील,उत्कृष्ट फिटिङ,ड्यास टप एच डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ।यो गाडी नेपाली बजारमा छिट्टै बिक्री सुरु हुने टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ।

Share this Story

   

नेक्सनलार्इ उत्कृष्ट सवकम्प्याक्ट एसयुभी अवार्ड, ल्याण्डरोभर डिजाइनिङ नेक्सन नेपाल आउँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.