विश्वका सात देश जहाँ आय कर तिर्नु पर्दैन, तेल कम्पनी र सेवा विक्री सरकारको मूख्य आम्दानीको स्रोत




काठमाडौं । आय करलाई संसारभरका सरकारको आम्दानीको राम्रो स्रोत मानिन्छ। अमेरिका, वेलायत, जर्मनी, भारत र नेपालजस्ताने जस्तो देशमा यसलाई राष्ट्रिय आयका रुपमै लिइन्छ।
 
तर विश्वमा केही देशहरु यस्ता पनि छन् जहाँको सरकारले जनतासँग आम्दानी कर लिँदैन। आय कर नलिँदा पनि यि देशहरु निकै धनी छन्।



ओमान
मध्यपूर्वमा धेरै देशहरु छन् जसले आय कर लिँदैनन्। कच्चा तेल तथा नेचुरल ग्यासको कारोबार गर्ने कम्पनीसँग मात्र उसले कर उठाउँछ। ती कम्पनीहरुले भने ५५ प्रतिशत कर तिर्नु पर्छ।
 
ओमानले अरु करहरु भने लगाएको छ। जस्तो जनताले सामाजिक सुरक्षाका लागि भनेर ६.५ प्रतिशत, सम्पति खरीदमा ३ प्रतिशतर कर उठाउँछ।
 


कुवेत
कुवेत सरकारको ९० प्रतिशत आम्दानी पेट्रोलियम पदार्थ निर्यातबाट हुन्छ। कुवेत सन्सारकै छैटौं ठूलो तेल भन्डार भएको देश हो। यहाँका नागरिकले सामाजिक सुरक्षाका लागि भने ८.५ प्रतिशत कर भने तिर्नु पर्छ। यहाँको सरकारले पुँजीगत लाभमा भने १५ प्रतिशत कर लगाउँछ। विदेशी कामदारले भने कुनै पनि कर तिर्नु पर्दैन।



केमन आइसल्यान्ड
केमन आइसल्यान्ड ट्याक्स हेभन नै हो, जहाँ आय कर त लाग्दैन नै पुँजीगत लाभकर पनि तिर्नु पर्दैन। पर्यटन र वित्तीय सेवाबाट यहाँको सरकारले ८० प्रतिशत आम्दानी गर्छ। नौं महिनाभन्दा वढी बस्ने विदेशी नागरिकले पनि यहाँ पेन्सन योजनामा सहभागी हुन पाउँछन्। यहाँ ५० प्रतिशत विदेशी कर्मचारी छन्। यहाँको सरकारले कुनै पनि प्रकारको मूल्य अभिबृद्धि कर तथा विक्री कर पनि लगाउँदैन। तर निर्यातमा भने २५ प्रतिशत कर लाग्छ।



वहराइन
वहराइन सरकारले पनि आय कर उठाउँदैन। अब सोफा ओयल फिल्डबाट सरकारले ७० प्रतिशत आम्दानी गर्छ। यो कम्पनीमा साउदी अरबको पनि लगानी छ। यहाँका जनताले सामाजिक सुरक्षाका लागि भने सात प्रतिशत कर तिर्नु पर्छ। विदेशी नागरिकले पनि एक प्रतिशत सामाजिक सुरक्षाका लागि वुझाउनु पर्छ।



बरमुडा
बरमुडा सन्सारकै सबैभन्दा समृद्ध देशमध्येको एक हो। यहाँको सरकारले आय कर लिँदैन। उसले आयात गरिएको बस्तुमा २५ प्रतिशत कर लगाउँछ जुन त्यहाँको सरकारको प्रमुख आम्दानी हो। यहाँ १९ प्रतिशतसम्म सम्पति कर छ। यहाँका कर्मचारीहरुले प्रति साता ३०.४० अमेरिकी डलर सामाजिक सुरक्षा वापत सरकारलाई वुझाउनु पर्छ।



युएइ
यहाँको सरकारले आम्दानी र पुँजीगत लाभ कर दुबै लिँदैन। यहाँको सरकारले तेल कम्पनीहरुबाट ५५ प्रतिशतसम्म कर्पोरेट कर उठाउँछ, जुन यहाँको मूख्य आम्दानी हो। विदेशी नागरिकले कुनै पनि कर तिर्नु पर्दैन, बरु त्यहाँका जनताले सामाजिक सुरक्षा वापत पाँच प्रतिशत कर वुझाउनु पर्छ। यहाँ मदिरामा ३० प्रतिशत कर लाग्छ भने विक्री कर ५० प्रतिशत अतिरिक्त तिर्नु पर्छ।



कतार
कतारमा पनि आय कर लाग्दैन। तेल र ग्यास उद्योगमा लागेका कम्पनीहरुले भने ३५ प्रतिशतसम्म कर तिर्नु पर्छ। यहाँका नागरिकले पनि पाँच प्रतिशत सामाजिक सुरक्षा कर तिर्नु पर्छ। जागिरेले भने १० प्रतिशत तिर्नु पर्छ। यहाँ सेवा सुल्क सात प्रतिशत उठाइन्छ।

Share this Story

   

विश्वका सात देश जहाँ आय कर तिर्नु पर्दैन, तेल कम्पनी र सेवा विक्री सरकारको मूख्य आम्दानीको स्रोत को लागी १ प्रतिक्रिया(हरु)

माेतिराम भुसाल[ Jan 02, 2018 - 12:46 pm ]
युयइ ले जनवरी १ देखि लागु हुने गरि ५ प्रतिशत V AT लिन थालेकाे छ । याे विवरणमा उपडेट भए जस्ताे लागेन ।

   हालसम्म १६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.