नविल बैंकको संचालक समितिले अनिल शाहलार्इ सिइओ बनाउने निर्णय, शशिन ‘आउट’, शाह ‘इन’

बिजमाण्डू
२०७४ पुष १३ गते २०:४८ | Dec 28, 2017
नविल बैंकको संचालक समितिले अनिल शाहलार्इ सिइओ बनाउने निर्णय, शशिन ‘आउट’, शाह ‘इन’
काठमाडौं।नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह नियुक्त भएका छन्।बैंकको विहिबार बसेको संचालक समिति बैठकले शाहलार्इ चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

Tata
GBIME
Nepal Life


उनले फेब्रुअरी फागुन ५ गतेदेखि बैंकको सिइओ पद सम्हाल्नेछन्।शशिन जोशीले राजीनामा दिएपछि बैंकमा सिइओ पद खाली थियो।जोशीको राजीनामा फागुन ५ गतेदेखि लागु हुने गरि स्वीकृत भएको थियो। पुस १७ गतेबाट हाजिर हुने गरी सेन्चुरी बैकको नियुक्तिपत्र बुझेका शाहले तोकिएको तलब नपाएको भन्दै नविलमा सिइओ बन्न लबिङ गरेका थिए। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छँदै उनले सेञ्चुरी सञ्चालक समितिसँग चार बर्षका लागि करार सम्झौता गरेका थिए।


सञ्चालक समितिले करारपत्रमा तोकेको तलव सुविधा राष्ट्र बैंकको निर्देशनले कम हुने भएपछि घटेको तलवमा शाह सेञ्चुरी गएनन्।सेञ्चुरीसँग शाहले मासिक १२ लाख बढि तलव सुविधाको सम्झौता गरेका थिए। राष्ट्र बैंकको तलव सुविधासम्बन्धि निर्देशनले प्रमुख कार्यकारीलाई १२ लाख बढि तलव दिन सेञ्चुरीको वासलातको क्षमताले मिल्दैन। तलव घटेर ८/९ लाख रुपैयाँ हाराहरीमा आउँथ्यो।
 
राष्ट्र बैंकको तलव सुविधासम्बन्धि मार्गदर्शन विपरित किन बढि दिएको भन्दै सेञ्चुरी बैंकलाई पत्र लेखेको थियो। बैंकले आगामी बर्षहरुमा हुने नाफा र मर्जरपछि बढ्ने क्षमताका आधारमा तलव १२ लाखमाथि तोकिएको जनाएको छ।शाहले नबिलबाटै करियर सुरु गरेका थिए। उनले त्यहाँ इन्टर्न गरेका थिए। त्यसपछि तत्कालिन ग्रीन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा गएका थिए। त्यहाँबाट नबिलमा महाप्रबन्धकका रुपमा भित्रिएका थिए। बैंकमा प्रमुख कार्यकारी हुँदै नेपाल बैंकमा आवेदन दिएका थिए तर त्यो प्रकृया खारेज भएपछि नैतिकताका आधारमा भन्दै उनले नबिल छाडेर मेगा बैंकको संस्थापक सिइओ बनेका थिए। 
 
शशिनले छाडेपछि नबिलमा अरु चार जनाको नाम चर्चा थियो। नबिल सञ्चालक समितिका सदस्य उपेन्द्र पौडेल, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य, बैंकका पूर्व सञ्चालक कृष्ण शर्मा र पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको नाम चर्चामा भएपनि शाहले बाजी मारे।