फोरजी सेवा पाएपछि स्मार्ट टेलिकम बजार विस्तारमा आक्रामक, ललितपुरमा खोल्यो स्मार्ट सेन्टर




काठमाडौं। हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकम आक्रामक बजार विस्तारमा लागेको छ।कम्पनीले प्रयोगकर्ता बढाउन सीम बिक्रीका लागि राजधानीका विभिन्न स्थानमा स्मार्ट सेन्टर संचालनमा ल्याउन थालेको छ।कम्पनीले सोमबार कुमारीपाटीमा स्मार्ट सेन्टर संचालनमा ल्याएको छ।

कम्पनीले पुतलीसडक र भक्तपुरमा समेत स्मार्ट सेन्टर संचालनमा ल्याउने तयारी गरिरहेको छ।स्मार्टले हालै काठमाडौं र पोखरामा सुरु गरेको फोर जी सुरु गरेको थियो।उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध गराउन तथा स्मार्टका उत्पादन तथा अफरहरुको जानकारी दिन सेन्टर सुरु गरेको जानकारी स्मार्ट टेलिकमले बिज्ञप्तीमार्फत जनाएको छ ।

सेन्टरको स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले उद्घाटन गरे। सेन्टर मंगलबारदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
 

कम्पनीका अनुसार स्मार्ट सेन्टरमा सेवासम्बन्धी समस्याको समाधानसहित नयाँ सिम, रिचार्ज कार्ड, हराएको, बिग्रेको सिम पुनउपलब्ध गराउने तथा ग्राहकका जिज्ञाशा समाधान गर्ने लगायतका सेवा उपलब्ध हुने छन् ।
 
स्मार्टले पुतलीसडक तथा भक्तपुरमासमेत छिटै स्मार्ट सेन्टर सञ्चालनको तयारी गरिरहेको जनाएको छ ।
 
 
 
 
 
 
 

Share this Story

   

फोरजी सेवा पाएपछि स्मार्ट टेलिकम बजार विस्तारमा आक्रामक, ललितपुरमा खोल्यो स्मार्ट सेन्टर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.