रोबोटले ८० करोडभन्दा धेरै जनशक्तिको रोजगारी खोस्दै, ४६ देशका ८ सय पेशा धरापमा




अटोमेसनको विस्तारका कारण विश्वका ८० करोडभन्दा धेरै जनशक्तिको रोजगारी खोसिँदैछ। ग्लोबल म्यानेजमेन्ट कन्सल्टेन्ट म्याकिन्सेले जारी गरेको रिपोर्टअनुसार ४६ देशका ८ सय पेशा धरापमा पर्दै गरेका हुन्।



धेरैको रोजगारी गुम्ने प्रक्षेपण गरिरहँदा म्याकिन्सेले उत्पादकत्व भने ह्वात्तै बढ्ने पनि उल्लेख गरेको छ। भनेको छ, 'यसले उत्पादकत्वमा वृद्धि र हामी जीवनमा सुधार ल्याउँछ।' कतिपय कामबाट मानिसलाई नै विस्थापित गर्ने पनि रिपोर्टमा उल्लेख छ। फरक देश, उद्योग र तिनका गतिविधिका आधारमा रोजगारी गुम्न् रिपोर्टमा भनिएको छ। विकसित र विकासोन्मुख अर्थतन्त्र भएका मुलुकहरुमा यसको प्रभाव पर्ने बताइएको छ।

कम्तिमा पनि एक तिहाई काम अटोमेटेड अर्थात् रोबर्टबाट सम्पन्न हुने निश्चित छ जसले मानिसको रोजगारीलाई घटाउनेछ। मेसिन अपरेटर, फास्टफुड वर्क र कर्मचारीहरु सबैभन्दा बढी प्रभावित हुने बताइएको छ।

यद्यपि अटोमेसनले त्यस्ता मानिसको रोजगारीलाई जोखिममा पार्ने छैन जो क्रियटिभ काममा छन्, विषयगत विज्ञता हासिल गरेका छन्, व्यवस्थापन सक्रिय छन वा जसले सामाजिक संवादका काम गरिरहेका छन्।

बगैचे, प्लम्बर, बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्नेको रोजगारी भने यसबाट प्रभावित नहुने बताइएको छ। यी पेशामा ठूलो आम्दानी हुँदैन।
म्याकिन्सेले कम्तिमा पनि ३७ करोड ५० लाख मानिसले नयाँ पेशामा जानुपर्ने छ या नयाँ शीप सिक्नुपर्ने छ। रिपोर्टले पेशा परिवर्तन गर्नुपर्नेमा १० करोड त चिनियाँ मात्रै रहेको उल्लेख गरेको छ।

यस्तैगरी, एक तिहाई अमेरिकी र जर्मन, आधा जापानी जनशक्तिले नयाँ शीप सिक्नुपर्ने वा पेशा परिवर्तन गर्नुपर्ने हुनसक्छ।

इतिहासलाई हेर्ने हो भने जतिखेर प्रविधिले जनशक्तिमाथि प्रभाव पार्छ त्यतिखेरै रोजगारी पनि सिर्जना गरिरहेको हुन्छ। स्वास्थ्य सेवा र प्रविधिको क्षेत्रमा भने रोजगारीका अवसर बढ्ने बताइएको छ। प्रविधिका कारण उत्पादकत्वमा हुने वृद्धिका कारण सरकारले रोजगारका नयाँ नयाँ ठाउँ पहिल्याएर जनशक्ति बेरोजगार हुन नदिनेसमेत रिपोर्टले जनाएको छ।

Share this Story

   

रोबोटले ८० करोडभन्दा धेरै जनशक्तिको रोजगारी खोस्दै, ४६ देशका ८ सय पेशा धरापमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.