आरविवि मर्चेन्टको सिइओमा डा. रमेशकुमार भण्डारी, विद्यावारिधि गरेका भण्डारीको अनुभव यस्तो छ

बिजमाण्डू
२०७४ पुष २ गते १५:४३ | Dec 17, 2017
आरविवि मर्चेन्टको सिइओमा डा. रमेशकुमार भण्डारी, विद्यावारिधि गरेका भण्डारीको अनुभव यस्तो छ

काठमाडौं।आरविवि मर्चेन्ट बैंकिङको लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा रमेशकुमार भण्डारी नियुक्त भएका छन्।

आरविवि मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी हो।भण्डारीले पूँजी बजारको लगानी तथा जोखिम व्यवस्थापनमा विद्यावारिधि गरेका हुन्।उनले राष्ट्रिय योजना आयोगको सार्वजनिक निजी साझेदारी परियोजनामा परामर्शदाता भएर काम गरिसकेका छन्।यसअघि उनी ग्रोमर क्यापिटल मार्केटको नायब महाप्रवन्धकको रुपमा काम गरिसकेका छन्।

Tata
GBIME
Nepal Life

आईतबार भएको पदभार समारोहमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका संचालकहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, देवेन्द्ररमण खनाल, निवर्तमान प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझी, राष्ट्रिय वाणिज्य बैंक आन्तरीक लेखापरीक्षण विभागका उपप्रमुख रणबहादुर चन्द्र, शाखा कार्यालय टेकुका प्रवन्धक पुष्पचन्द थापा लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । ०७४ साउन २९ गतेबाट कारोबार सुरु गरेको कम्पनीको चुक्ता पूंजी १० करोड रहेको छ।