‘बाइ अमेरिकन हायर अमेरिकन’ ट्रम्पको नयाँ निर्णय, ‘एचवान-बि’ भिसामा जीवनसाथीलार्इ काम गर्न रोक

बिजमाण्डू
२०७४ पुष २ गते ११:११ | Dec 17, 2017
‘बाइ अमेरिकन हायर अमेरिकन’ ट्रम्पको नयाँ निर्णय, ‘एचवान-बि’ भिसामा जीवनसाथीलार्इ काम गर्न रोक


काठमाडौं। अमेरिकामा ‘एचवान-बि’ भिसामा काम गरिरहेकाहरुले थप स्ट्रेसको सामना गर्नुपर्ने देखिएको छ।

Tata
GBIME
Nepal Life

डोनाल्ड ट्रम्प प्रशासनले ‘एचवान-बि’ भिजाधारीका श्रीमान वा श्रीमतीलार्इ अमेरिकामा काम गर्न रोक लगाउने नयाँ निर्णय गरेसँगै ‘एचवान-बि’  भिसाधारीहरुको समस्या बढेको हो।  ‘एचवान-बि’ अमेरिकाका कम्पनीहरुमा काम गर्ने विदेशीहरुकालागि दिइने भीसा हो जुन तीन वर्षको लागि दिने गरिन्छ यो थप तीन वर्षको लागि रिन्यू गर्न पाइने सुविधा पनि छ।

‘एचवान-बि’ भिसाधारीका जीवनसाथीहरुलार्इ  ‘एच-फोर’ डिपेन्डेन्ट भिजामा अमेरिकामा काम गर्न अनुमति थियो। यो नियम पूर्व राष्ट्रपति बाराक ओबामाकै पालोमा बनेको थियो। ‘एचवान-बि’  भिसामा काम गर्नेहरुको पारिवारिक स्ट्रेस कम गर्न भन्दै ओबामाले यो सुविधा दिएका थिए।
विश्वभरबाट हरेक वर्ष झण्डै ८५ हजार प्राविधिक तथा इन्जिनियर अमेरिकामा जागिरका लागि ‘एचवान-बि’ भिसामा जाने गर्छन्। उनीहरु सबैको परिवार ट्रम्प प्रशासनको यो निर्णयबाट प्रभावित हुनेछन्।

अहिलेसम्म ‘एचवान-बि’ भिसाधारीहरुको श्रीमान वा श्रीमतीलार्इ ‘एच-फोर’ डिपेन्डेन्ट भिसामा अमेरिकामा काम गर्ने अनुमति थियो। तर  नयाँ निर्णयले ‘एचवान-बि’ भिसाधारीको जीवनसाथीले प्राविधिक क्षेत्रमा काम गर्न पाउने नियम खारेज गरिएको छ। उनीहरुले ‘टेक्निकल फिल्ड’मा बाहेक अन्यमा काम गर्न भने छुट दिएको बताइएको छ। ट्रम्पले गत अप्रिलमा ‘बाइ अमेरिकन हायर अमेरिकन’ प्रस्तावमा हस्ताक्षर गरिसकेपछि यसलार्इ लागु गर्न बिभिन्न स्किमहरु ल्याएका छन्। यो निर्णय पनि त्यसै प्रस्ताव अनुरुप ल्याइएको हो।

अमेरिकामा अमेरिकीहरुले नै जागिर पाउन मुश्किल हुन लागेको भन्दै सेभ जब यूएस समूहले सन् २०१५ को अप्रिलमा मुद्दा दायर गरेपछि यस बिषयमा अमेरिकी लक्षित बिभिन्न स्किमहरु ल्याउने क्रम बढेको थियो। राष्ट्रपतिको रुपमा ट्रम्पको उदयपछि अमेरिकामा अन्य देशका नागरिकको प्रवेश तथा भिसा प्रक्रियामा समेत निकै कडाइ गरिँदै आएको छ।