काठमाडौं वाहिर वुटवलमा बन्दैछ आकाशेपुल, आकाशे पुल निर्माण २५ प्रतिशत सकियो

बिजमाण्डू
२०७४ पुष २ गते १०:५४ | Dec 17, 2017
काठमाडौं वाहिर वुटवलमा बन्दैछ आकाशेपुल, आकाशे पुल निर्माण २५ प्रतिशत सकियो

रुपन्देही। बुटवल र भैरहवा  छ लेन सडकमा  विभिन्न ठाउँमा १० वटा आकासे पुल पनि निर्माण भइरहेको छ।ती आकाशेपुलको कार्यप्रगति भने २५ प्रतिशत मात्रै छ।

Tata
GBIME
Nepal Life

बुटवल क्षेत्रमा तीन,  भैरहवा क्षेत्रमा तीन  र भैरहवा बुटवलको बीचमा चार वटा आकासे पुल निर्माण भइरहेको छ।व्यापारिक मार्ग विस्तार आयोजनाका इन्जिनियर योगेन्द्रबहादुर अघिकारीले निर्माणको काम तीब्र रुपमा अघि बढेको बताए।काठमाडौं बाहेक देशका अन्य शहरमा पैदलयात्रुका लागि आकाशे पुल बनेका छैनन्। राजधानी बाहिर पहिलो पटक रुपन्देहीमा आकाशे पुल बन्न लागेको हो।

बुटवलको ट्राफिक चोक, नयाँ वसपार्क, मिलनचोक, राजमार्ग चौराहमा, कालीका उच्च मावि अगाडि आकासेपुल बनिरहेका छन्।  त्यस्तै योगिकुटी, ड्राइभरटोल र भैरहवाको बुद्धचोक, देबकोटा चोक, र बसपार्क तथा आँखा अस्पताल नजिक पनि आकासेपुल निर्माण गरिनेछ। पुल सम्झौता भएको १५ महिना भित्र निर्माण सकिनुपर्नेमा अहिलेसम्म २५ प्रतिशत मात्रै काम भएको हो।

आकाशे पुल पूर्णतया अपांगमैत्री हुने अधिकारी बताउँछन्।दुबै तर्फको सडकपेटीमा एकातर्फबाट भर्याङ जस्तै स्टेप हुनेछ भने अर्कोतर्फ अपांङ र असक्त व्यक्ती पनि हिवीलचियर सहित प्रयोग गर्न मिल्ने गरी निर्माण भइरहेको उनले बताए।