सम्यक डाईग्नोस्टिकमा खेलाडीको विशेष स्वास्थ्य जाँच सुरु, रगत र हार्मोनको परीक्षण हुने

बिजमाण्डू
२०७४ मंसिर २८ गते १५:३४ | Dec 14, 2017
सम्यक डाईग्नोस्टिकमा खेलाडीको विशेष स्वास्थ्य जाँच सुरु, रगत र हार्मोनको परीक्षण हुने

काठमाडौं। नियमित रुपले व्यायाम गर्ने व्यवसायिक वा गैर व्यवसायिक खेलाडीहरुलाई लक्षित गर्दै सम्यक डाईग्नोस्टिक प्रा.लिले विशेष रक्त एवं स्वास्थ्य परीक्षण सुरु गरेको छ। नेपाल क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले रक्त एवं स्वास्थ्य परीक्षणको उद्घाटन  गरे।
उपकप्तान मल्लले बाहिरी रुपमा आफू स्वस्थ जस्तो लागे पनि शरिरको वास्तविकता थाहा पाउन परीक्षण गर्नु व्यवसायिक तथा गैर व्यवसायिक खेलाडीहरुलाई जरुरी रहेको बताए।

Tata
GBIME
Nepal Life

शरीरमा लुकेको रहस्य पत्ता लगाउने उत्तम एवं सरल उपाय रक्त परीक्षण नै भएकाले शारिरीक व्यायाम र रक्त परीक्षणको राम्रो समिश्रणले नै खेलाडीको मनोबल बढाउने बिज्ञहरु बताउँद्छन्।

उमेर अनुसार शरीरमा आउने परिवर्तन तथा हड्डी सम्बन्धी समस्याहरु जस्तैः हड्डी कमजोर हुने, हड्डी खोक्रो हुने, हड्डी भाँचिने संभावनाहरुको जानकारी दिने सरल जाँच पनि सम्यक डाईग्नोस्टिकले शुरु गरेको छ ।

खेलाडीहरु शारिरिक रुपले तन्दुरुस्त देखिएता पनि शरीर भित्र उत्पन्न हुने विभिन्न केमिकल तथा हार्मोनको मात्रा वारे जानकारी पाउनु आवश्यक रहेको सम्यक डाईग्नोस्टिकका कार्यकारी प्रमुख डा. केयूर गौतमले बताए। सम्यकले एफ.डि.ए. अमेरिकाबाट प्रमाणित उपकरणबाट स्वास्थ्य परीक्षण  गर्ने समेत उनले जानकारी दिए।