हुलास वेलनेस क्लिनिक सञ्चालनमा, जिम, एरोबिक, स्पादेखि रगत परीक्षणसम्म एउटै छानामुनि

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ मंसिर २७ गते २०:१८ | Dec 13, 2017
हुलास वेलनेस क्लिनिक सञ्चालनमा,  जिम, एरोबिक, स्पादेखि रगत परीक्षणसम्म एउटै छानामुनि
विराटनगर । खाद्यान्न र अटोमोबाइलको उद्योग–व्यापारमा विगत ३० वर्षदेखि क्रियाशील गोल्छा अर्गनाइजेसनका सुरेन्द्र गोल्छाले आफ्नै गृहभूमि विराटनगरमा अत्याधुनिक वेलनेस क्लिनिकको सञ्चालन सुरु गरेका छन् ।

Tata
GBIME
Nepal Life

विराटनगरको धरान रोडमा हुलास वेलनेस क्लिनिकको उद्घाटन गोल्छा परिवारकै नातेदार सुशीला बोथराले बुधबार गरेकी हुन् । एउटै छानामुनि ९ हजार वर्गफिट क्षेत्रफलमा सञ्चालित क्लिनिकमा जिम, एरोबिक, स्पा, सोनास्टिम, फिजियोथेरापी र योगादेखि रगत परीक्षणसम्मका सुविधा छन् ।
गोल्छाका अनुसार पूर्णतः वातानुकूलित क्लिनिकमा २ हजार वर्ग फिटको जिमखाना छ।

यहाँ एकै पटक ४० जनाले जिम गर्न सक्छन् । त्यस्तै जुम्बा एरोबिकका लागि ९ सय वर्गफिट छुट्याइएको छ । यहाँ एक पटकमा २५ जनाले एरोबिक गर्न सक्छन् ।क्लिनिकमा रहेको स्पा विभागमा एक पटकमा ४÷४ जनाले ब्याक मसाज र फुट मसाज तथा ७ जनाले सोना स्टिमको सुविधा लिन सक्नेछन् ।
 

क्लिनिकमा घिउकुमारीको ताजा जुससहित प्रोटिन जुस, अन्य घाँस र वनस्पति तथा फलफूलका जुसको समेत व्यवस्था गरिनेछ क्लिनिकमा १५ जना अट्ने योगा हल बनाइएको छ । साथै फिजियोथेरापीका लागि ६ वटा शय्या राखिएका छन् । चार डाक्टरले सेवा पुयाउने यस क्लिनिकमा विभिन्न रोगको रगत परीक्षणका लागि रगत लिने छुट्टै व्यवस्था छ ।


गोल्छाले ५ करोडको लागतमा क्लिनिकको निर्माण गरेको जानकारी दिए । ‘हामीले नाफा कमाउने उद्देश्यले यसको सञ्चालन गर्न खोजेका होइनौँ’, गोल्छाले भने, ‘बरु विराटनगरको स्तर वृद्धि होस् भनेर यसको निर्माण गरेका हौँ । विराटनगरमा सिटी मल्टिप्लेक्स सिनेमा हल र ह्यारिसनजस्तो स्तरीय होटल आइसकेका छन् । भाटभटेनी आउने क्रममा छ । मुन्दडा ग्रुप पनि ठूलो मलको तयारी गरिरहेको छ । यी सबै पूर्वाधारले विराटनगरको स्तर बढाउँछन् । यही शृङ्खलाको एउटा कडी हुलास वेलनेस क्लिनिक हुनेछ ।’ 
 
गोल्छाले क्लिनिकको उद्घाटन गरेकै दिन बुधबार ८० जना सदस्य भएको जानकारी दिँदै एक महिनाभित्र २ सय नियमित सदस्य बनाइने लक्ष्य रहेको बताए ।