रेनल्टले देशव्यापी सर्भिस क्याम्प सुरु गर्यो,पुस २० गतेसम्म संचालन हुने क्याम्पमा छुटैछुट

बिजमाण्डू
२०७४ मंसिर २६ गते २०:०० | Dec 12, 2017
रेनल्टले देशव्यापी सर्भिस क्याम्प सुरु गर्यो,पुस २० गतेसम्म संचालन हुने क्याम्पमा छुटैछुट
काठमाडौं।रेनल्टको नेपालको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले मंगलबारदेखि रेनो सर्भिस क्याम्प संचालन गरेको छ।

Tata
GBIME
Nepal Life

मुलुकका विभिन्न स्थानमा हुने यो क्याम्प पुस २० गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ।कम्पनीले सर्भिस क्याम्पलार्इ गिभ योर कार दि वेस्ट केयर नारा दिएको छ।

विर्तामोड झापामा साहारा अटोमोबाइल एण्ड कम्पनीमा मंसिर २६ र २७ गते,महाविर अटोमोबाइल विराटनगरमा मंसिर २८ र २९ गते,न्यू नारायणी मोटर्स जनकपुरमा पुस २ गते,युनाइटेड अटो कर्न्सन नारायणगढमा पुस ४ र ५ गते,जुपिटर ह्विल्स वुटवलमा पुस ७ र ८ गते,भैरहवा अटो कम्पनी भैरहवामा पुस ९ र १० गते,जोशी अटो भिल्ला दाङमा पुस १२ गते,वागेश्वरी ट्रेड इन्टरनेशनल नेपालगंजमा पुस १४ गते,विशेष मोटरकर्प धनगढीमा पुस १६ षते र जोन्छेन ट्रेडर्स पोखरामा पुस १९ र २० गते सर्भिस क्याम्प संचालन हुने कम्पनीले जनायो।

सर्भिस क्याम्पमा निशुल्क लेवर चार्ज,लुब्रिकेन्टमा १५ प्रतिशत छुट,एसीमा २ सय जिएम रिफिलिङ निशुल्क,स्पेयर पार्टसमा १० प्रतिशत छुट,निशुल्क भेहिकल चेकअप र धुलार्इ गर्ने कम्पनीले जनायो।