नेप्सेमा थपियो डेढ अर्ब रुपैयाँको शेयर, चार कम्पनीका बोनस र हकप्रद शेयर एक सातापछि कारोबार

बिजमाण्डू
२०७४ मंसिर २६ गते १४:०१ | Dec 12, 2017
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार डेढ अर्बका शेयर सुचिकृत भएका छन्। चार कम्पनीका हकप्रद र बोनस शेयर सुचिकृत भएका हुन्। 
 
मुक्तिनाथ विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्सका हकप्रद र नेको इन्स्योरेन्स कम्पनीको बोनस शेयर सुचिकृत भएका हुन्। कुल एक अर्ब ५१ करोड रुपैयाँ बराबरका शेयर सुचिकृत भएका हुन्। सुचिकृत शेयर एक सातापछि लगानीकर्ताले कारोबार गर्न पाउँछन्। 

नेको इन्स्योरेन्सको सात लाख १२ हजार ८९६ कित्ता बोनस शेयर सुचिकृत भएको छ। यसैगरी हिमालयन जनरल इन्स्योरेन्सको ६४ लाख २० हजार कित्ता, मुक्तिनाथ विकास बैंकको ६१ लाख ७० हजार ८६५ कित्ता र अल्पाइनको  १८ लाख तीन हजार २४७ कित्ता हकप्रद शेयर सुचिकृत भएका हुन्। 

Tata
GBIME
Nepal Life